Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कैलालीमा बढ्दो मानवीय आक्रमणले मासिदै सिमसार क्षेत्र

खबरडबली संवाददाता

कैलाली । मानवसहित प्राणी जगतका लागि अति नै महत्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिदै गएको हो ।

पछिल्लो समय धेरैजसो प्राकृतिक तालतलैयामा डोजर लगाएर त्यसलाई आफूखुशी प्रयोग गर्ने काम भइरहेको छ । जसका कारण सिमसार संरक्षण र व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । 

स्थानीय सरकारहरुले आफ्नो राजस्व वृद्धिका लागि ठेक्का दिएपछि वन क्षेत्रमा रहेका अधिकांश तालतलैयामा समेत पोखरी बनाएर माछा पालनको कार्य भइरहेको छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले सिमसार संरक्षण र व्यवस्थापनमा बढी नै चुनौती भइरहेको बताए । पछिल्लो समय सिमसार क्षेत्र घट्ने र सुख्खा हुनेक्रम बढ्दो रहेको उनको ठम्याइ छ ।

“सिमसार क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण रहेकाले स्थानीय सरकार, वन कार्यालय र सरोकारवाला निकायले प्राथमिकताका साथ कार्यक्रम बनाएर अगाडि बढ्न जरुरी छ” वन अधिकृत विकले भने । जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र खोल्सा, नाला, तालतलैयालाई सिमसार भन्ने गरिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ । सिमसारमा जलीय जीवदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गीको अस्तित्व निर्भर रहेको छ ।

सिमसार मानवसहित पृथ्वीका सबै प्राणीका लागि अति आवश्यक छ । तर, मान्छेबाटै चरम दोहनले सिमसारको प्राकृतिक स्वरुप र पारिस्थितिकीय प्रणाली दिनप्रति दिन बिग्रिरहेको छ ।  

चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महत्वपूर्ण सिमसार क्षेत्रलाई पालिकाहरुले आम्दानीको महत्वपूर्ण स्रोतको रुपमा लिएका छन् । प्राकृतिक तालतलैया ठेक्का दिइएपछि ठेकेदारले आफ्नै हिसाबले पोखरी बनाएर विकासे माछा पालेर आम्दानी गरिरहेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले सिमसार क्षेत्रहरु अब सिमसार भन्न लायक नरहेको जिकिर गरिन । कैलाली लगायतका विभिन्न जिल्लामा रहेका सिमसारहरु सिमसारको परिभाषाभन्दा निकै फरक भइसकेका उनको भनाइ छ । “सिमसारबाट अब रैथाने प्रजाति हराइरहेका छन्” अध्यक्ष चौधरीले भनिन् । 

स्थानीय सरकारले राजस्व वृद्धिका लागि प्राकृतिक तालतलैयालाई ठेक्का दिने गरे पनि प्राप्त राजस्वलाई सिमसार संरक्षण र व्यवस्थापनमा खर्च नगरेको संरक्षणकर्मीहरुको बुझाइ छ । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले सिमसार संरक्षणमा स्थानीय सरकारको लगानी शून्य रहेको जिकिर गरे । 

“पहिले सामुदायिक वन मातहतमा तालतलैया थियो । अब सबै तालतलैया स्थानीय तहले ठेक्का दिने गरेका छन्” उनले भने, “आम्दानीका लागि प्राकृतिक स्रोतलाई ठेक्का दिने गरे पनि त्यसको संरक्षणमा स्थानीय सरकारको चासो छैन ।” कतिपय तालतलैया ठेक्काको बक्यौता रकम नै पालिकाहरुले ठेकेदारबाट उठाउन नसकिरहेको चौधरीको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: