Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धूमपान गरे अब ५०० रुपैयाँ जरिवाना

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डू महानगरपालिकाले सार्वजनिक स्थलमा चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाई "ठाउँको ठाउँ" पाँच सय रुपैयाँ जरिवाना तिराउने नियम कार्यान्वयन गर्न लागेको छ।

महानगरपालिकाले यसपटक आर्थिक ऐन २०८२ मै 'सार्वजनिक स्थलमा धूमपान गरेमा ५०० रुपैयाँ र दोहोर्‍याएमा प्रत्येक पटक दोबर हुने' व्यवस्था गरेको छ।

विगत चार वर्षदेखि चुरोटलगायत सुर्तीजन्य पदार्थको सेवन सार्वजनिक स्थलमा रोक लगाउने अभियान थालेको भए पनि विगत दुई सातायता सचेतना फैलाउने काम भइरहेको महानगरपालिकाले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सुर्तीजन्य पदार्थका कारण बर्सेनि करिब ४० हजार मानिसको ज्यान जाने गरेको छ।

त्यस्तै करिब ५२ अर्ब थप रकम चुरोटलगायत खैनी, गु्ट्खाजस्ता पदार्थ सेवनका कारण निम्तिने रोगमा खर्च हुने गरेको विभिन्न अनुसन्धानहरूबाट पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्घीय सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ का आधारमा महानगरपालिकाले आफ्नो आर्थिक ऐनमै व्यवस्था गरेर यो नयाँ नियम लागु गर्न लागेको हो।

डेढ वर्षअघि प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पनि सुर्ती, खैनी, गुट्खाजस्ता चपाउने सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुपर्ने विषय सांसदहरूले पनि उठाएका थिए।

काठमाण्डू महानगरपालिकाले कुनै पनि व्यक्तिले पिएको चुरोटको धुवाँले अर्को व्यक्तिलाई असर नगरोस् भन्नका लागि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमाथि रोक लगाउन यो अभियान सुरु गरिएको जनाएको छ।

साउन १ गतेबाट महानगरपालिकाले मानिसहरूलाई 'चुरोट पिउनुहुँदैन', 'चुरोटले यस्तो असर गर्छ', 'तपाईँले पिएको चुरोटले अर्को व्यक्तिलाई पनि हानि गर्छ' भन्ने खालका कुराहरू सार्वजनिक स्थलमा मानिसहरूलाई भन्न सुरु गरिएको जनाएको छ।

"प्रयोगकर्ताले आफूले नसा लिने नाममा सार्वजनिक स्थलमा अर्कोलाई असर गर्ने गरी धूमपान नगर्नुस् भन्ने हो। अहिलेसम्म जति सचेत गराउने गरायौँ, अब चाहिँ जरिवाना हुन्छ," महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए अब ५०० रुपैयाँ जरिवाना लगाइने महानगरपालिकाले जनाएको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिक स्थल भनेर सरकारी निकाय, संस्था वा कार्यालय, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटेल, मोटेल, रिसोर्ट, रेस्टुराँ, बार, भोजनालय, चमेना गृह, लज, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, रङ्गशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडीपोखरी तथा पूल हाउस, डिपार्टमेन्ट स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर, पार्क, सडक चोक, पोखरी, सम्पदालगायत क्षेत्र तोकेको छ।

"सकेसम्म चुरोटका प्रयोगकर्ताको सङ्ख्या घटाउने हो। तर जबरजस्ती प्रयोग नगर्नूस् भनेर निषेध गर्ने होइन," काफ्लेले भने।

विगत १५ दिनमा विभिन्न ठाउँमा महानगरपालिकाले सादा पोसाकमा समेत नगर प्रहरी खटाउँदा सार्वजनिक स्थलमा भेटिएका मानिसहरूले 'खान नहुने रहेछ अबदेखि म गर्दिनँ', 'ठिक छ सम्झाइदिनुभयो', 'हामीले हिजैदेखि खाँदै आएको, रोग लागे मलाई नै लाग्छ' भन्ने जस्ता प्रतिक्रियाहरू जनाएको सहायक प्रवक्ता काफ्लेले बताए।

अहिले २५ जना नगर प्रहरीलाई यो काममा खटाइएको उनले बताए। मन्दिर, देवालय, बस बिसौनीलगायत धेरै मानिसहरूको आवतजावत हुने सार्वजनिक स्थलहरूमा टोली खटाएर अनुगमन गरिने महानगरपालिकाले जनाएको छ।

यो वर्ष यो विषयमा सचेतनाका लागि विद्यालयहरूमा पनि कार्यक्रमहरू पुर्‍याइने उनले बताए। रेस्टुराँ र होटेलजस्ता निजी ठाउँहरूमा कुनै व्यक्तिले छुट्टै बसेर सेवन गर्दा नरोकिए पनि नजिकै बस्ने व्यक्तिले आपत्ति जनाए रोक्नुपर्नेबारे आफूहरूले सचेत गराउने काफ्लेले बताएका छन्।

यसरी ठाउँठाउँमा सचेत गराउँदै जरिवाना तिराउने गरेपछि केही वर्षमा कम हुँदै जाने अपेक्षा महानगरपालिकाले गरेको छ।

"पहिला जथाभाबी गाडी/मोटरसाइकलको हर्न बजाउन हुँदैन भन्ने कुरा मानिसहरूले मानेका थिएनन्। अहिले त्यसमा निकै कमी आएको छ," महानगरपालिकाका सहायक प्रवक्ता काफ्लेले भने। "सचेत गराउने काम पनि निरन्तर नै चल्दै जान्छ। अझै ६/७ वर्ष यो अभियान जान्छ भन्ने हाम्रो अनुमान हो।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending