Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

सप्तरीका ५ हजार बढी पीडित आन्दोलनमा

खबरडबली संवाददाता

राजविराज । लालपूर्जा पाउने आशामा झण्डै ६५ वर्षदेखी संघर्षरत ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएका राजविराजका पाँच हजार भन्दा बढी पीडित परिवारले फेरी आन्दोलन चर्काउने भएका छन् ।

बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारी, वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालसहितको अगुवाईमा बसेको बृहत भेलाले वर्षौदेखी लालपूर्जाको प्रतिक्षामा रहेका नगरवासीको उक्त माग पुरा गराउन आन्दोलनको विकल्प नरहेको ठहर गर्दै आन्दोलन चर्काउने निर्णय गरेको हो ।

यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै बैठकले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।

“यसअघि सम्बन्धित निकाय र राजनीतिक दलका प्रतिनिधि समेत राखेर १५ दिनको समयसीमा तोकेर समाधान खोज्ने भनि भएको प्रतिबद्धता र सहमती नगरपालिका र स्थानीय प्रशासनबाट कार्यान्वयन हुन सकेन, “संघर्ष समितीका संयोजक अंसारीले भने – बाध्य भई फेरी आन्दोलनमा जाने निर्णय गरेका छौ ।” सप्तरी उधोग बाणिज्य सघले आन्दोलन परिचालन र व्यवस्थापनका लागी ५१ हजार रुपैया संघर्ष समितिको कोषमा जम्मा गरेको उनले जानकारी समेत दिए । बैठकले बार्ता समितिका सदस्य दिपेन्द्र चौधरीको संयोजकत्वमा ७ सदस्यीय आन्दोलन परिचालन उपसमिती तथा विन्देश्वर प्रसाद साह “बिन्दी”को संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरेको छ ।

सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले आर्थिक मन्दिको मार खेपीरहेका नगरका उधोगी व्यवसायीहरु ब्लक र बिटौरी जग्गाको लालपुर्जा पाउन नसक्दा थप मारमा परेको बताए । “जग्गा बापत नगरपालिकाबाट पाएको रसिदका आधारमा नगर स्थापना काल देखी नै वसोवास गर्दै आएका नगरवासी विगतमा समस्या परेका वेला सोही रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थाामा धितो राखी ऋण कर्जा लिएर व्यपार व्यवसाय र अन्य समस्या समाधान गर्थै, उनले भने– हाल विगत ८ वर्ष देखी सो सेवा सुविधाबाट बन्चित गराइए पछि यहाँको ब्यापार व्यवसाय पनि चौपट बन्दै गएको छ ।”

उनले नगरको ब्लक, बिटौरी र सडक मापदण्ड लगायत जग्गाको लालपुर्जा लामो समय देखी वितरण नहुदा उधोगी व्यवसायी मारमा परेको, भाडाका कतिपय सटरहरु धमाधम खाली हुन थालेको, कतिपय व्यवसायीले आत्महत्या गरेको र धेरै उधोगी व्यवसायी पलायन भएको भन्दै माग पुरा नभए सम्म अब हुने आन्दोलन नरोकीने बताए । जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बन्चित रहेको भन्दै अब आन्दोलन चर्कोउनुको विकल्प नरहेको बताए ।

यस अघि बजार बन्द, कालो झण्डा झुण्ड्याउने, नापी र नगरपालिका कार्यालयमा धर्ना र मुख्य चौकमा हस्ताक्षर अभियान चलाउदा पनि माग पुरा गर्ने आश्वासन बाहेक केही नपाइएको संघर्ष समितिका संयोजक अंसारीको भनाई छ ।

उनले अब हुने आन्दोलनका कार्यक्रम र स्वरुप फरक तथा थप सशक्त ढंगको हुने भन्दै २–३ दिन भित्रै आन्दोलनका नयाँ कार्यक्रम घोषणा हुने जानकारी दिए । स्थानीय, प्रदेश र प्रतिनिधीसभा निर्वाचनका वेला नगरको उक्त समस्या सबै राजनितीक दलको चुनावी एजेण्डा बन्ने गरे पनि निर्वाचन सकिए पछी विर्सिने गरेको नगरवासीको गुनासो छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोप अभियानमै ठूलो क्षति : ४१ करोड रुपैयाँ बराबरको खोप नष्ट

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले खरिद गरेका खोपहरू प्रभावकारी व्यवस्थापन हुन नसक्दा ठूलो परिमाणमा खेर जाने गरेको तथ्य सार्वजनिक भएको...

तीन वर्षपछि शरणार्थी घोटाला मुद्दा निर्णायक चरणमा

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ सुरु गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा...

गुण्डागर्दीको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी म...

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending