अर्घाखाँची । अर्घाखाँचीमा १० करोड ७१ लाख २९२ रुपियाँको काठ बिक्री भएको छ । आर्थिक वर्ष २०८१/८२ मा सामुदायिक वनले छ करोड ३९ लाख ५० हजार र निजी तथा आवादी वनले चार करोड ३१ लख रुपियाँकोे काठ बिक्री गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कार्यालयका अनुसार २०८१/८२ मा दुइ लाख ४० हजार क्युफिट काठ उत्पादन भएकोमध्ये एक लाख १६ हजार क्युफिट काठ बिक्री भएको थियो । ६५४ चट्टा दाउरा उत्पादन भएकोमध्ये ३५१ चट्टा बिक्री भएको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए ।
जिल्लाका छ पालिकामा ३१ वटा समुदायिक वन छन् । काठ बिक्रीबाट जिल्लामा राम्रो आम्दानी हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । आम्दानीको ४० प्रतिशत रकम वन संरक्षण व्यवस्थापनमा छुट्याउने गरिएको खड्काले बताए । बाँकी रकम स्थानीयदेखि केन्द्रसम्म कर बुझाउँदा खर्च हुने गरेको छ ।
जिल्लाको ७३ हजार २०८ हेक्टर क्षेत्रफलमा जङ्गल छ । जसमा ३४ हजार २४२ हेक्टर क्षेत्रफलमा सामुदायिक वन छ । वनको आम्दानीबाट सामुदायिक वनले भवन निर्माणदेखि सामुदायिक विकासमा खर्च हुने गरेको छ । खड्काले भने, “वन कार्यालयको कार्यक्रम अन्तर्गत वित्तीय प्रगति ९५.६७ र प्रशासनिकतर्फ ८५.५४ प्रगति भएको भएको छ ।”
वन क्षेत्रमा आम्दानी हुने बोट बिरुवा रोपण गर्नुपर्ने कार्यालयले जोड दिएको छ । काठसँगै जडीबुटीको पनि सङ्कलन र प्रशोधनमा ध्यान दिनुपर्ने कार्यालयले जनाएको छ । वन संरक्षणसँगै बोटविरुवा रोपण र जङ्गललाई आगालागीबाट जोगाउन अभियान सञ्चालनको योजना बनाइएको खड्काले बताए । डिभिजन वन कार्यालयले गएको चैत वैशाखमा वन डढेलो नियन्त्रणका लागि समुदायमा अभियान सञ्चालनका साथै जंगलमा स्वयंसेवक खटाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: