Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

खबरडबली संवाददाता

जापान । जापानमा अपाङ्गता भएका व्यक्तिहरूको शिविर बाहिर भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ। उनलाई अचेत अवस्थामा अस्पताल लगिएको छ । हालैका वर्षहरूमा जापानका आवासीय क्षेत्रहरूमा धेरैभन्दा धेरै जङ्गली भालुहरू देखा परेका छन्, जसको परिणामस्वरूप आक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको छ।

उत्तरी अकिता क्षेत्रका एक स्थानीय प्रहरी प्रवक्ताले एएफपीसँग भने, “बिहीबार राति अस्पतालको प्रवेशद्वारमा ७३ वर्षीया एक महिला टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी थिइन्।” आपतकालिन चिकित्सकले ती महिलालाई लागेको चोटका आधारमा भालुको आक्रमण भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।

सुरक्षा क्यामेराको फुटेजमा भालुजस्तो देखिने जनावरले फोहोरको झोला बोकेर हिँडिरहेकी ती महिलामाथि आक्रमण गरेको देखिएको उनले बताए । चिकित्सकका अनुसार ‘चोटका कारण उनी बोल्न सकिरहेकी थिइनन् र अस्पताल पुर्याउँदा उनी अचेत थिइन्।’

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को मार्चमा समाप्त भएको वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको थियो जसमा तीन जनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष २१९ वटा आक्रमणमा छ जनाको मृत्यु भएको थियो ।

भालु बस्तीमा बारम्बार देखिन थालेपछि अकिता क्षेत्रले गत हप्ता भालुको आक्रमणको उच्च जोखिम रहेको भन्दै सेप्टेम्बरसम्म भालुबाट सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको थियो ।

“कृपया आधारभूत प्रतिकारात्मक उपायहरू अपनाउनुहोस् र उच्च स्तरको सावधानी अपनाउनुहोस्,” अकिताको प्रशासनले बासिन्दाहरूलाई सार्वजनिक स्तरमा सूचना जारी गरी चेतावनी दिएको छ।

गत महिना गल्फ प्रतियोगिताको क्रममा भालु देखापरेपछि आयोजकले पहिलो दिनको प्रतियोगिता नै रद्द गरेको थियो । गत जुनमहिनामा धावनमार्गमा घुमिरहेको भालुले यामागाटा विमानस्थललाई उडान रद्द गर्न बाध्य बनाएको थियो ।

जलवायु परिवर्तनका कारण खाद्य स्रोत र ‘हाइबरनेसन’को समयलाई प्रभावित गर्नुका साथै वृद्ध उमेर समूहको समाजका कारण हुने जनसङ्ख्या ह्रासका कारण भालुहरू सहरमा पस्न थालेको वैज्ञानिकहरूले बताएका छन्। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: