ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताएका छन् ।
नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको बताए ।
“देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् । संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ”, सभापति देउवाले भने ।
उनले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमान्दारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राखे ।
“देशका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा थारु समुदाय दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिँदै आएको छ, लोकतान्त्रिक मूल्यमान्यता पालना गर्दै आफ्नै जीवनशैलीमा अपनाउने यो समुदायको विशेषता हो”, सभापति देउवाले भने, “उदाहरणका लागि हरेक वर्ष माघमा आफ्नै नेतृत्व लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गर्ने परम्परा थारु जातिमा अत्यन्तै सुन्दर र अनुकरणीय अभ्यास हो ।”
उनले थारु समुदायको सामूहिक निर्णयमा हुने अभ्यास पारदर्शिता, उत्तरदायित्व र सहभागितामा आधारित रहने भन्दै यो समुन्नत लोकतान्त्रिक संस्कृतिको नमूनाका रूपमा रहेको बताए । नेपाली कांग्रेसले थारुलाई उच्च सम्मान गर्दै आएको उनको भनाइ छ ।
थारुको विषयमा पार्टीले लिनुपर्ने नीतिमा सहयोग गर्ने, समुदायको विकास र उत्थानमा टेवा पुर्याउने उद्देश्यले केन्द्रीय सदस्य योगेन्द्र चौधरीको संयोजकत्वमा थारु विभाग गठन गरिएको सभापति देउवाले जानकारी दिए । “कांग्रेसभित्र सङ्गठित भई पार्टीको सङ्गठन निर्माणमा र आफ्नो समुदायमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल थारु सङ्घको गठन भएको छ”, उनले भने ।
सभापति देउवाले २०५७ सालमा कमैया मुक्ति आन्दोलनको नेतृत्व डिल्लीबहादुर चौधरीले गरेकाे स्मरण गरे । उनले भने, “२०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएसँगै संविधानले नेपालका लाखौँ थारुको सम्मान गरी छुट्टै पहिचानसहितको व्यवस्था गरिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: