Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

पोखरामा एक अर्बमा ११७ किमी साइकल ट्रयाक बनाइने

खबरडबली संवाददाता

पाेखरा । कास्कीको पोखरा महानगरपालिकाका ताललाई आपसमा जोड्ने महत्वाकांक्षी ‘लेक टु लेक’ साइकल ट्रयाक निर्माणको गुरुयोजना तयार भएको छ । एसियाली विकास बैंक (एडिबी) को करिब एक अर्ब रुपियाँको आर्थिक सहयोगमा बन्ने एक सय १७ किलोमिटर लामो यो पूर्वाधारले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय कोसेढुंगा साबित हुने अपेक्षा गरे । “यसले संसारभरका साइकल प्रेमीलाई पोखरामा आकर्षित गर्ने छ । पर्यटकले हिमाल हेर्दै तालको किनारमा साइक्लिङको आनन्द लिन पाउनेछन्,” उनले भने । 

प्रमुख आचार्यले यो परियोजना मानव स्वास्थ्य र पर्यावरण संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । पोखरा दिगो पर्यटन विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको ट्रयाकको गुरुयोजनाबारे शुक्रबार एडिबी मिसन र सरोकारवालाबीच छलफल भएको छ ।

आयोजनाकी व्यवस्थापक कविता पौडेलले एडिबीको टोलीले प्रस्तावित रुट अवलोकनसमेत गरिसकेको जानकारी दिए । गुरुयोजनामा तालको भित्री र बाहिरी गरी दुई मुख्य रुट (इनर र आउटर) सहित विभिन्न कनेक्टिङ रुट प्रस्ताव गरिएका छन् । जसको कुल लम्बाई एक सय १७ किलोमिटर हुनेछ ।

पोखरा महानगरमा तालको स्वरुपमा रहेका आठ ताल छन् । महानगरमा फेवा, वेगनास, रुपा, दिपाङ, कमलपोखरी, खास्टे, मैदी र न्युरेनी ताल छन् । अहिले फेवाताल र वेगनासतालमा व्यावसायिक डुंगा सयरसहित बजार पर्यटनको विकास भएको छ । रुपाताललाई विस्तार गर्ने गरी बृहत योजना कार्यान्वयनमा छ । अरु तालमा भने पूर्वाधार विकाससहित राम्रो पहुँच मार्ग बनाउन जरुरी छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending