काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा माओवादी छाडेर बसेका डा. बाबुराम भट्टराईको अर्को आलोचना भएको छ । माओवादी पार्टी र अन्य पार्टी एउटै खालका भन्ने अभिव्यक्ति दिएका भट्टराईको चर्को आलोचना भएको हो ।
स्थायी समिति सदस्य डा. विजयप्रकाश सैँजुले बाबुराम भट्टराईले केपी ओली र प्रचण्ड उस्तै भनेको कुरा स्मरण गर्दै बहसमा आउन चुनौती दिए । उनले बैठकमा भने, 'प्रचण्ड नभएको भए तपाइँ र हामी कहाँ हुन्थ्यौँ ? हामी यहाँ आउने अवस्था नै थिएन । अन्य पार्टी र माओवादी पार्टीको नेतृत्व कमरेड प्रचण्डबीच आकाश पातालको फरक छ । म डा. भट्टराईसँग बहस गर्न तयार छु ।'
डा. सैंजुले पार्टीभित्र संगठनात्मक पद्दतीविरुद्ध बोल्ने काम भएको भन्दै उपहासचिव जनार्दन शर्माको आलोचना गरे । त्यस्तै बैठकमा धारणा राख्दै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले पार्टीभित्र देखिएको सांगठनिक अराजकता नियन्त्रणको माग गरिन् । उनले भनिन्, 'बाहिर अभिव्यक्ति दिँदा विधि मिच्नु भएन । विधि मिच्नेले नै विधिको कुरा गर्ने ? यो सांगठनिक अराजकता हो । अहिले नेतृत्वको रक्षा गदै गोलबद्ध हुनुपर्छ ।'
बैठकमा आफ्ना धारणा राख्दै स्थायी समिति सदस्यहरु टंक राई र प्रह्लाद बुढाथोकीले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा राखेको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुले पनि विधि पद्दतीअनुसार नै सबैजना चल्नुपर्नेमा जोड दिएका छन् ।
अर्का स्थायी समिति सदस्य खगराज भट्टले वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक केन्द्रीकरणका लागि अध्यक्ष प्रचण्डको नेतृत्व् अपरिहार्य भएको बताए । उनले भने, 'पार्टीभित्र विधि सबैले मान्नुपर्छ । अध्यक्षको प्रस्तावलाई एकमतले पारित गरेर जनतामा जानुको विकल्प छैन ।'
जारी बैठकमा अर्का स्थायी समिति सदस्य कालीबहादुर मल्लले अध्यक्षको प्रस्तावलाई समर्थन गर्दै मध्यपहाडी राजमार्ग केन्द्रित अभियानले जनतामा उत्साह ल्याएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: