गुल्मी । गत आर्थिक वर्ष २०८१/०८२ मा गुल्मीका १२ स्थानीय तहका १४३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा दर्ता भएका छन् । यी उजुरी भ्रष्टाचार, अनियमितता र प्रशासनिक ढिलासुस्ती जस्ता विषयसँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी गिता अधिकारीका अनुसार यी उजुरीमध्ये १२१ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा फर्छ्यौट हुन बाँकी छन् । उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका समेत रहेका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी उजुरी इस्मा गाउँपालिकाका ३३ वटा दर्ता भएका थिए, जसमध्ये २६ फर्छ्यौट भइसकेका छन् । रेसुङ्गा नगरपालिकाका २२ उजुरीमध्ये १८ फर्छ्यौट भएका छन् भने मालिका गाउँपालिकाका २१ उजुरीमध्ये १७ फर्छ्यौट भएका छन् ।
मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिकाका सबै उजुरी (क्रमशः ११ र १०) फर्छ्यौट भएका छन् । कालिगण्डकी र रुरुक्षेत्र गाउँपालिकाका ११–११ उजुरीमध्ये ९–९ फर्छ्यौट भएका छन् भने मदाने गाउँपालिकाका ८ मध्ये ६, सत्यवती र छत्रकोट गाउँपालिकाका क्रमशः ७ र ५ उजुरी सबै फर्छ्यौट भएका छन् । गुल्मीदरबार गाउँपालिकाका २ मध्ये १ र चन्द्रकोट गाउँपालिकाका दुवै उजुरी फर्छ्यौट भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा गुल्मीका २६४ उजुरीमध्ये २१५ फर्छ्यौट भएको र ४९ उजुरी जिम्मेवारी सरेको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: