Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

देउवा स्वदेश फर्कंदै, स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमानस्थलमा उपस्थित भएर स्वागत गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

शनिबार काठमाडौंको बसुन्धारामा आयोजित नुवाकोट–१ का अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै महतले देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेका हुन्।

महतका अनुसार देउवा यही २६ गते नेपाल फर्किने कार्यक्रम तय भएको छ। हालसम्म उनको नेपाल आगमनको समय राति ९:४५ बजेका लागि निर्धारण गरिएको भए पनि नेता–कार्यकर्तालाई सहज हुने गरी दिउँसोको समयमा ल्याउने प्रयास भइरहेको उनले बताए।

‘अहिलेसम्म देउवा आउने पूर्वनिर्धारित कार्यक्रम २६ गते ९:४५ बजे नै छ,’ महतले भने, ‘तर, सबैलाई सजिलो होस् भनेर हामी सकेसम्म दिउँसोको समय मिलाउने कोसिस गरिरहेका छौं।’

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि विदेशमा थिए। उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।

देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देउवाले सम्बोधन गर्ने तयारीसमेत रहेको बताइएको छ।

राष्ट्रिय भेलाको तयारीका लागि संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिसकेको छ।

पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक मतभेदका बीच देउवाको स्वदेश फिर्तीलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको आगमनपछि पार्टीभित्रको विवाद, संस्थापन र इतर समूहबीचको सम्बन्ध तथा आगामी राजनीतिक रणनीतिबारे थप छलफल अघि बढ्ने देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

देउवा स्वदेश फर्कंदै, स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...

व्यास र देवघाटका सुकुम्वासीलाई जग्गा दिने तयारी

तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...

सल्यानमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ

सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending