रुपन्देही । नेपालको एक मात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठुलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरि पहेँलो वस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।
प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योतिर्लिङ्ग हरेक वर्षको गुरू पूर्णिमादेखि जनै पूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठुलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए । साउन महिनामा ज्योतिर्लिङ्ग गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकाङ्क्षा पूरा गरिदिने जनविश्वास छ ।
उक्त ज्योतिर्लिङ्ग अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणी घाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरूले यस क्षेत्रलाई रमाइलो बनाएका छन् ।
यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रूपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तर प्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो वस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ ।
यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ । बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताए ।
आगामी सोमबार भने गुल्मीको प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर काली गण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: