Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सुरु भयो राखीको चहलपहल

खबरडबली संवाददाता

महोत्तरी । मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ ।

साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । 

यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आउने शनिबार राखी पर्व मनाइँदैछ ।

पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जँदा छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बन्दो छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्वविशेषमा दिदीबहिनीको चासो र सरिकता बढ्दो छ । अहिले मिथिलामा किशोरी र नवयौवना मिथिलानी एकआपसमा भेट हुँँदा गरिने कुराकानी राखीकै तयारीसँग जोडिएको हुने गरेको छ ।

पर्व आउन एक सातामात्र बाँकी हुँदा दिदीबहिनी आफ्ना दाजुभाइ को कहाँ छन् ? सोधखोज गर्न लागेका छन् । दाजुभाइलाई राखी बाँध्न निम्ता दिनु, आफ्ना दाजुभाइको नाडीमा सुहाउने राखी ठम्याउनु र पर्वका दिन ख्वाउने सरदामबारे तयारी गर्नु मिथिलानीको अहिलेको प्रमुख काम हुने गरेको छ ।

“मैले त भारतको मद्रासमा काम गरिरहनुभएका दाजुलाई राखीको निम्ता दिए, उहाँ आउने/नआउने निधो भने छैन”, भङ्गाहा–४ की १७ वर्षीया खुश्बु ठाकुर भन्छिन् । दाजु आउन नपाए पनि उनको राखी सुरक्षित राखेर घर आउँदा दिइने खुश्बुको भनाइ छ । मिथिलामा कामविशेषले बाहिर गएका दाजुभाइ पर्वमा आउन नसक्ने हुँदा पहिलेपहिले खामबन्दी गरी हुलाकबाट पठाइने चलन थियो । अब भने सूचना प्रविधिको विकासले दिनदिनै मोबाइलमा दाजुभाइ हेरेरै कुरा गर्न पाइन थालेपछि यो चलन हराउँदै गएको मिथिलानी सम्झन्छन् ।

यो पर्व विवाहित चेलीले दाजुभाइ आफ्नै घरमा बोलाएर वा माइत आएर मनाउँछन् । अविवाहित चेलीहरूको त दाजुभाइसँगैको एउटै घर भएपछि पर्व मनाउन सहज नै बन्दछ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीचका मुख्य तीनवटा पर्व परम्परा छन् । साउन शुक्ल पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज (भाइटीका) र कात्तिक शुक्लपक्षकै सामाचकेवा । तीनै पर्वमध्ये राखी वर्षको पहिलो पर्व हुँदा यो विशेष रहँदै आएको बर्दिबास–२ की १८ वर्षीया कीर्ति महतो बताउछिन् । 

“हामी तीनवटै पर्व हाँसीखुसी मनाउँछौँ, यो (राखी) पहिलो हुँदा बढी रमाइलो लाग्छ”, उनी भन्छिन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी चेलीहरूको चहलपहल ह्वात्तै बढेको छ । अहिले साउन शुक्लपक्ष सुरु भएयता महोत्तरीसहितका मिथिला क्षेत्रका सिनेमाघरले पर्वविशेषमा राखी पर्वको अवसर पारेर दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत लगातार गुञ्जाइरहेका छन् । सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको छ ।

दिदीबहिनीको यो तयारीबीच दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउने योजना बुन्दैछन् । घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरू दङ्ग देखिन्छन् । 

“अइबेर भैया राखीमे ऐबे कर्ता, हम बात कैली” (यसपालि दाजु राखीमा आउने पक्का भयो) भारतको पञ्जावमा रहेका दाजुसँग कुरा गरेकी लोहारपट्टी–१ बगडाकी सुधा दास भन्छिन्, “तीन सादवाद अइबेर पवनीमे भाइबहनके भेट होयवाक निश्चित भेल” (तीन वर्षपछि पर्वमा यसपालि दाजुबहिनीको भेट हुने भएको छ) ।
 
पर्वलाई लक्षित गरी अहिले व्यापारी पनि रङ्गीबिरङ्गी राखी पसलमा सजाउन व्यस्त देखिन्छन् । पर्वका लागि विभिन्न प्रकारका राखीको माग हुने गरेको हुँदा अहिले आफू दिनरात नभनी पसलमा सामान जुटाउन व्यस्त रहेको बर्दिबास–१ भेलावसन्तचोकस्थित शिवम् भण्डारका सञ्चालक श्याम महतो बताउनुहुन्छ । 

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा विश्वास गरिन्छ । पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरूले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् ।

पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । खासगरी इस्लाम धर्मावलम्बी युवाहरू आफ्ना हिन्दू साथीका दिदीबहिनीका हातबाट राखी बाँध्ने गरेका छन् । यो पर्वको व्यापकताले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धिमा बल दिएको भङ्गाहा–३ का  समाजशास्त्री शिवराज दाहाल बताछिन्।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending