दुबई । साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी समाचार संस्था ९एसपीए० का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ ।
सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ ।
तीमध्ये १५४ जनालाई लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो ।
मृत्युदण्डको यो वर्षको अहिलेसम्मको गतिले राज्यलाई गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ ।
विश्लेषकहरूले यो वृद्धिलाई सन् २०२३ मा सुरु गरिएको ‘लागुऔषधविरुद्धको युद्ध’ सँग जोडेका छन्। साउदी अरबमा ‘लागु औषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरू मध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ।
साउदी अरबले सन् २०२२ को अन्त्यमा लागु औषधसम्बन्धी कसुरमा मृत्युदण्डको व्यवस्थालाई करिब तीन वर्षका लागि स्थगन गरेको थियो ।
एएफपीका अनुसार सन् २०२२ मा १९ जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा ११७ जनालाई लागु औषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको थियो ।
अधिकारकर्मीहरूका अनुसार साउदी अरबले मृत्युदण्डलाई निरन्तर अङ्गीकार गर्नुले राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाएको छ।
साउदी अधिकारीहरूले सार्वजनिक सुव्यवस्था कायम राख्न मृत्युदण्ड आवश्यक रहेको र अपिलका सबै माध्यम समाप्त भएपछि मात्र यसको प्रयोग गरिने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: