Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

खबरडबली संवाददाता

दुबई । साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी समाचार संस्था ९एसपीए० का अनुसार चार जना सोमालियाली र तीन इथियोपियालीलाई शनिबार दक्षिणी क्षेत्र नजरानमा ‘राज्यमा चरेश तस्करी गरेको आरोपमा’ मृत्युदण्ड दिइएको छ भने आफ्नी आमाको हत्या गरेको आरोपमा एक जना साउदी नागरिकलाई मृत्युदण्ड दिइएका छ । 

सन् २०२५ को सुरुदेखि अहिलेसम्म साउदी अरबले २३० जनालाई मृत्युदण्ड दिइसकेको एएफपीले जनाएको छ ।

तीमध्ये १५४ जनालाई लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको थियो । 

मृत्युदण्डको यो वर्षको अहिलेसम्मको गतिले राज्यलाई गत वर्ष दिइएका मृत्युदण्डको ३३८ घटनाको रेकर्डलाई तोड्ने देखिएको छ । 

विश्लेषकहरूले यो वृद्धिलाई सन् २०२३ मा सुरु गरिएको ‘लागुऔषधविरुद्धको युद्ध’ सँग जोडेका छन्। साउदी अरबमा ‘लागु औषधविरुद्धको युद्ध’ को अभियानमा पहिलो पटक पक्राउ परेकाहरू मध्ये धेरैलाई कानुनी प्रक्रिया र दोषी ठहर भएपछि मात्र मृत्युदण्ड दिइएको छ।

साउदी अरबले सन् २०२२ को अन्त्यमा लागु औषधसम्बन्धी कसुरमा मृत्युदण्डको व्यवस्थालाई करिब तीन वर्षका लागि स्थगन गरेको थियो ।

एएफपीका अनुसार सन् २०२२ मा १९ जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा ११७ जनालाई लागु औषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएको थियो ।

अधिकारकर्मीहरूका अनुसार साउदी अरबले मृत्युदण्डलाई निरन्तर अङ्गीकार गर्नुले राजकुमार मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाएको छ।

साउदी अधिकारीहरूले सार्वजनिक सुव्यवस्था कायम राख्न मृत्युदण्ड आवश्यक रहेको र अपिलका सबै माध्यम समाप्त भएपछि मात्र यसको प्रयोग गरिने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...

मतदानमा सहभागी भएर लिमीका स्थानीय फर्किए

हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...

दाउन्नेमा पाँच सवारीसाधन ठोक्किँदा ८ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...

एमाले नगर अध्यक्षद्वारा राजीनामा

गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...

एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE