Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पानी परेपछि धान रोपाइँमा जुटे मधेशका किसान

खबरडबली संवाददाता

धनुषा । लामो समयदेखि खडेरीको मार खेपिरहेका मधेश प्रदेशका किसान वर्षा सुरु भएसँगै धान रोपाइँमा व्यस्त भएका छन् । पछिल्लो शुक्रबारदेखि प्रदेशका अधिकांश स्थानमा लगातार वर्षा भएपछि सुक्खा परेको खेतमा हरियाली फर्किन थालेको छ ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले भने, “जेठ र असार महिनाभरि पानी नपर्दा रोपाइँ गर्नै नसक्ने अवस्था थियो । कतिपयले डिप बोरिङको सहारामा रोपाइँ गरे पनि बिरुवा सुक्न थालेका थिए । अहिले परेको वर्षाले हाम्रो बालीमा नयाँ ज्यान भरेको छ ।”

उनका अनुसार पछिल्लो वर्षा किसान र बालीका लागि ‘अमृत’ सरह बनेको छ । सिँचाइको अभावमा मर्न लागेका बिरुवा बाँच्न थालेका छन्, जसले किसानको मिहिनेत जोगिएको छ । ढल्केबरका अर्का किसान रामएकवाल यादवले पनि किसानहरू वर्षाबाट उत्साहित भएको बताउँदै भने, “जेठको पहिलो सातापछि वर्षा नपरेपछि रोपाइँ रोकिएको थियो । रोपिएको धान समेत सुक्न थालिसकेको थियो । अहिले पानी परेपछि सबै खेतमा रोपाइँ तीव्र गतिमा भइरहेको छ ।”

वर्षा नपर्दा धान उत्पादनमा ठूलो असर पर्ने देखिएपछि मधेश प्रदेश सरकारले यस क्षेत्रलाई ‘सुक्खा ग्रस्त’ घोषणा गरेको थियो । संघीय सरकारले पनि मधेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्रको सूचीमा राखेको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार, हाल मधेशका सबै जिल्लामा पर्याप्त वर्षा भइरहेको छ । “असारको सुरुबाट नै पानी नपर्दा बेर्ना र बिरुवा सुक्न थालेका थिए,” सचिव दाहालले भने, “अहिलेको वर्षाले ती सबैलाई बचाएको छ ।”

कृषि विकास निर्देशनालयका अनुसार, मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन छ । साउन १६ गतेसम्म २ लाख १३ हजार ४३८ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन कुल क्षेत्रफलको ५७ प्रतिशत हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending