लोकप्रिय गीतकार डीपी खनालको शब्द तथा चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीतमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीतमा संगीताको सुमधुर स्वर रहेको छ भने विषम आचार्यले संगीत संयोजन गरेका छन्।
‘रानीहार’ले तीज मनाउन महँगा सुनका गहना र भड्किलो खर्च आवश्यक नरहेको सन्देश दिएको छ। आफूसँग भएका साधारण सामग्रीमै खुसी र आनन्दका साथ तीज मनाउन सकिने सकारात्मक भाव गीतमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र स्वयं गायिका संगीता भण्डारीको अभिनय तथा नृत्य देख्न सकिन्छ। विशाल थापाले छायांकन गरेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन्। श्याम पटेलले सहायक नृत्य निर्देशन गरेका छन्।
भिडियोको निर्देशन तथा नृत्य निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियो डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक’ मार्फत सार्वजनिक गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा गायिका भण्डारीले २२ वर्षपछि पुनः गायनमा फर्किनुको कारणबारे पनि आफ्नो अनुभव सुनाइन्।
उनले काम गर्न कहिल्यै ढिला नहुने र उमेर प्रतिभा प्रस्तुत गर्ने बाधक नहुने बताइन्। इच्छा, आत्मविश्वास र निरन्तर प्रयास भए जुनसुकै उमेरमा पनि आफूभित्रको प्रतिभा प्रस्तुत गर्न सकिने सन्देश दिन आफू पुनः गायनमा फर्किएको उनको भनाइ थियो।
‘रानीहार’मार्फत भण्डारीले लामो समयपछि नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन्। तीजको मौलिक संस्कृति, सरल जीवनशैली र खुसीलाई केन्द्रमा राखिएको गीतले यस वर्षको तीज सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ।a
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: