Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

अर्थ मन्त्रालयकाे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनलाई अवज्ञा गर्दै २१ मन्त्रालयद्वारा २ सयभन्दा बढी करार नियुक्ति

खबरडबली संवाददाता

काठमाडौं । अर्थ मन्त्रालयद्वारा जारी ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ अवज्ञा गर्दै २१ मन्त्रालयले १८ दिनमै २ सयभन्दा बढी कर्मचारी करारमा नियुक्त गरेका छन् । सचिव घनश्याम उपाध्यायले जारी गरेको स्पष्ट मापदण्ड विपरीत यी नियुक्तिहरू गरिएको पाइएको छ ।

मार्गदर्शनको बुँदा नम्बर ५० अनुसार, स्थायी दरबन्दी रिक्त रहेको अवस्थामा मन्त्रालयले पहिलो प्राथमिकतामा फाजिल कर्मचारी समायोजन गर्नुपर्नेछ । फाजिल कर्मचारी उपलब्ध नभए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पदपूर्ति प्रयास गर्नुपर्ने, त्यसपछि मात्र अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिएर करार नियुक्ति गर्न सकिने व्यवस्था छ ।

तर, मन्त्रालयहरूबाट यो प्रक्रिया लत्याइएको छ । एक मन्त्रालयका उपसचिवस्तरका शाखा प्रमुखले नाम नखुलाउने शर्तमा भने, “सचिवज्यूको निर्देशन मन्त्रालयमै पालना भएको छैन । हामीकहाँ पनि १८ दिनमै करिब दर्जनजति करार नियुक्ति भए । मेरो शाखामा समेत सहमति प्रक्रिया नअपनाई कम्प्युटर अपरेटर राखियो ।”

सूत्रका अनुसार गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबैभन्दा बढी करार नियुक्ति गरेका छन् । दुबै मन्त्रालयमा करिब २०–२० जना कम्प्युटर अपरेटर नियुक्त गरिएको बताइएको छ ।

गृह मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “कसैलाई कम्प्युटर अपरेटर बनाएर ल्याइन्छ, तर उनीहरूले कम्प्युटर खोल्नसमेत जान्दैनन् ।” लोकसेवा आयोगको सिफारिस हुँदाहुँदै योग्य उम्मेदवारलाई नछानी सत्ता निकटकालाई रोजगारी दिने प्रवृत्तिले दक्षता अभाव झनै बढाएको कर्मचारीहरूको गुनासो छ । “वैकल्पिक योग्यताक्रमका उम्मेदवार राख्न सकिन्छ भन्ने व्यवस्था हुँदाहुँदै, सत्ताका निकटका, निर्वाचनमा सहयोग गरेका व्यक्तिहरूलाई रोजाइमा राखिन्छ,” एक अधिकारीले बताए ।

नियुक्तिमा देखिएको बेथितिका बाबजुद अर्थ मन्त्रालय स्वयंको निर्देशन उल्लंघन भएकोले नीति कार्यान्वयनप्रति गम्भीर प्रश्न उठ्न थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending