काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड प्रावधान हटाउन गरिएको चलखेलमा संलग्न व्यक्तिहरूको नाम प्रतिवेदनमा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच मतभेद देखिएपछि छानबिन समितिको प्रतिवेदन अन्तिम निर्णयविना रोकिएको छ।
विशेष अध्ययन तथा छानबिन समितिले आइतबार रातिसम्म बैठक गरे पनि निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दल माओवादी केन्द्र लगायतले दोषीहरूको नाम उल्लेख गरी कानुनी कारबाही सिफारिस गर्नुपर्ने अडान राखेका छन्। तर सत्तापक्ष नेपाली कांग्रेस र एमालेले सामान्य मानवीय त्रुटि भन्दै प्रतिवेदन टुंग्याउनुपर्नेमा जोड दिएका छन्। समितिको अर्को बैठक सोमबार बिहान ७ बजे बस्ने तय भएको छ।
प्रतिपक्षी सदस्यहरूले राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरा, संसद् महासचिव पदम पाण्डे, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू उदय सापकोटा, फणीन्द्र गौतम, रविलाल पन्त र सहसचिव सुवास भट्टराईलाई दोषीका रूपमा प्रतिवेदनमा उल्लेख गर्नुपर्ने माग गरेका छन्। तर सत्तापक्षका सदस्यहरूले नाम नलिएर त्रुटिमात्रै जनाउने प्रस्ताव गरेका छन्।
समितिमा सभापति जीवन परियारसहित सत्तापक्षका चार सदस्य र विपक्षी दलका तीन सदस्य छन्। सत्तापक्षले बहुमतको आधारमा प्रतिवेदन टुंग्याउने प्रयास गरे पनि प्रतिपक्षले असहमतिको टिप्पणी (नोट अफ डिसेन्ट) दिने चेतावनी दिएपछि सहमतिका लागि बैठक स्थगित गरिएको हो। राप्रपा सांसद रोशन कार्कीले भनिन्, "बहुमतका आधारमा निर्णय भए हामी नोट अफ डिसेन्ट लेख्छौं।"
आइतबार बिहान ७ बजे सुरु भएको पहिलो बैठक दिउँसो १ बजेपछि स्थगित भएको थियो। त्यसपछिको समयमा सत्तापक्षका सदस्यहरू एमाले संसदीय दलको कार्यालयमा बसेर कांग्रेससँग परामर्शमा जुटेका थिए। सो बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले "सिंगो संसद् संलग्न रहेको अवस्थामा कसको नाम किटान गर्ने?" भनेर प्रश्न गरेका थिए। त्यसपछि एमाले–कांग्रेसका सदस्यहरूले कसैको नाम उल्लेख नगरी प्रतिवेदन तयार पार्ने सहमति बनाएका थिए।
त्यसैबीच प्रतिपक्षी सदस्यहरू भने छानबिन समितिको बैठकका लागि प्रतीक्षारत थिए। साँझ २ः३० बजे सत्तापक्षका सदस्यहरू फर्किएपछि छलफल पुनः सुरु भयो। तर रातिसम्मको लामो छलफल पनि निष्कर्षविहीन रह्यो। समितिका सभापति परियारले सबै पक्षको सहमतिमा प्रतिवेदन तयार पार्ने प्रयास भइरहेको बताए।
संसदले २३ असारमा संघीय निजामती सेवा विधेयकको दफा ८२(४) मा रहेको दुई वर्षे कुलिङ पिरियडलाई निष्क्रिय बनाउने संशोधन प्रकरणको छानबिनका लागि सात सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिमा सभापति जीवन परियारसहित सुशीला थिङ, ईश्वरी न्यौपाने, नारायण आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन्। प्रारम्भिक २१ दिनको समयसीमा सकिएपछि थपिएको सात दिनको म्याद पनि आइतबार नै सकिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: