Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

महाकाली सन्धि कार्यान्वय नहुँदा दोधारा-चाँदनीमा नहर निर्माण अन्योल

खबरडबली संवाददाता

दोधारा चाँदनी । नेपाल-भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा-चाँदनी नहर निर्माण अन्योल बनेको छ ।

नेपालतर्फ नहर निर्माणका लागि जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने एक हजार १०० मिटर मूल नहर निर्माण नहुँदा तीन दशकसम्म पनि दोधारा–चाँदनीले पानी पाउन नसकेको हो ।

महाकाली सन्धिअनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिँचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावलले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए ।

सन्धिमा कञ्चनपुरको दोधारा-चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा. योगेन्द्र मिश्रले बताए । दोधारा–चाँदनीमा नेपाली पक्षले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको उनले जानकारी दिए ।

“भारतीय भूमिमा भारतीय पक्षले बनाउनुपर्ने एक हजार १०० मिटर नहर निर्माण भएपछि मात्रै दोधारा-चाँदनीले पानी पाउने हो । उक्त नहर अहिलेसम्म निर्माण हुन सकेको छैन”, उनले भने, “हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ, ठेक्का भने लाग्न सकेको छैन ।” उनले भारतले नहर बनाउन सुरु गरेमात्रै नेपालतर्फ निर्माण सुरु हुने बताए ।

निर्देशक डा मिश्रका अनुसार नेपालले सीमाबाट दोधारातर्फ १६ किमी मूल नहर बनाउनुपर्नेछ । शारदा नहरबाट दोधारा(चाँदनीमा पानी पुगे यहाँ तीन हजार ४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने उनले जानकारी दिए ।

महाकाली सन्धिमा सन्धी सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्नेमा सम्झौताको ३० वर्षसम्म पनि नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताए ।

“सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भीर भएर समन्वय गर्नु जरुरी छ”, उनले भने, “यसपटक प्रधानमन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ, नेपालले सन्धि सम्झौताअनुसारको पानी पाउनुपर्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।  ...

निर्वाचन आउन ४४ दिन बाँकी- आज उम्मेदवारी दर्ता गराउन केके चाहिन्छ ?

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेक...

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको...

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending