काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीलाई कुलिङ अफ पिरियड लागू नहुने गरी “बाहेक” शब्द थपिएको प्रकरणमा संसदीय विशेष छानबिन समितिले दोषी किटान गर्दै प्रतिवेदन तयार पारेको छ।
छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा यस प्रकरणका मुख्य जिम्मेवार ठहरिएको छ।
दुई दिन दुई रातसम्म चलेको तीव्र छलफलपछि मंगलबार बिहान सवा ४ बजे सातै सदस्यको सहमतिमा प्रतिवेदन तयार पारिएको हो।
समितिका अनुसार प्रतिवेदनमा अन्य व्यक्तिहरूको पनि विषयगत संलग्नता रहेको उल्लेख छ। प्रारम्भिक विधेयकमा कुलिङ अफ पिरियडको स्पष्ट प्रावधान राखिएको भए पनि, अन्तिम पारित संस्करणमा नयाँ दफा थप गर्दै उक्त व्यवस्था निष्क्रिय बनाइएको थियो।
२०७९ सालमै दर्ता गरिएको विधेयकमा अवकाशप्राप्त सचिव तथा सहसचिवले नेपाल सरकारको पूर्वस्वीकृति बिना संवैधानिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान थियो। तर, प्रतिनिधिसभाबाट पारित गर्ने बेलामा ‘बाहेक’ भन्ने शब्द जोडेर कुलिङ अफ पिरियडको प्रभाव नै समाप्त पारिएको पाइएपछि छानबिनका लागि विशेष समिति गठन गरिएको थियो।
छानबिन समितिले सुरुमा २१ दिनको अवधि पाएको थियो भने थप ७ दिन पाएको समय आइतबार राति सकिएको थियो। तर निष्कर्षमा नपुग्दा छलफल मंगलबार बिहानसम्मै जारी राखिएको थियो।
संसद सदस्य जीवन परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाबाट प्रतिनिधित्व थियो। मंगलबार बिहान सातै सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरेर निष्कर्ष सार्वजनिक गर्न सहमति जनाएका हुन्।
छानबिन समितिको प्रतिवेदनले विधायन प्रक्रियामा हुने पारदर्शिता र जवाफदेहितामाथि पुनः बहस चर्किने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...
माघ ७ गते, २०८२ - ०७:३६
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । ...
माघ ७ गते, २०८२ - ०७:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेक...
माघ ७ गते, २०८२ - ०७:३०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको...
माघ ७ गते, २०८२ - ०७:२८
लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्ष...




प्रतिकृया लेख्नुहोस्: