काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीलाई कुलिङ अफ पिरियड लागू नहुने गरी “बाहेक” शब्द थपिएको प्रकरणमा संसदीय विशेष छानबिन समितिले दोषी किटान गर्दै प्रतिवेदन तयार पारेको छ।
छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा यस प्रकरणका मुख्य जिम्मेवार ठहरिएको छ।
दुई दिन दुई रातसम्म चलेको तीव्र छलफलपछि मंगलबार बिहान सवा ४ बजे सातै सदस्यको सहमतिमा प्रतिवेदन तयार पारिएको हो।
समितिका अनुसार प्रतिवेदनमा अन्य व्यक्तिहरूको पनि विषयगत संलग्नता रहेको उल्लेख छ। प्रारम्भिक विधेयकमा कुलिङ अफ पिरियडको स्पष्ट प्रावधान राखिएको भए पनि, अन्तिम पारित संस्करणमा नयाँ दफा थप गर्दै उक्त व्यवस्था निष्क्रिय बनाइएको थियो।
२०७९ सालमै दर्ता गरिएको विधेयकमा अवकाशप्राप्त सचिव तथा सहसचिवले नेपाल सरकारको पूर्वस्वीकृति बिना संवैधानिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान थियो। तर, प्रतिनिधिसभाबाट पारित गर्ने बेलामा ‘बाहेक’ भन्ने शब्द जोडेर कुलिङ अफ पिरियडको प्रभाव नै समाप्त पारिएको पाइएपछि छानबिनका लागि विशेष समिति गठन गरिएको थियो।
छानबिन समितिले सुरुमा २१ दिनको अवधि पाएको थियो भने थप ७ दिन पाएको समय आइतबार राति सकिएको थियो। तर निष्कर्षमा नपुग्दा छलफल मंगलबार बिहानसम्मै जारी राखिएको थियो।
संसद सदस्य जीवन परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाबाट प्रतिनिधित्व थियो। मंगलबार बिहान सातै सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरेर निष्कर्ष सार्वजनिक गर्न सहमति जनाएका हुन्।
छानबिन समितिको प्रतिवेदनले विधायन प्रक्रियामा हुने पारदर्शिता र जवाफदेहितामाथि पुनः बहस चर्किने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: