Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

रामग्राममा २५० विपन्न विद्यार्थीलाई नि:शुल्क पठनपाठन

खबरडबली संवाददाता

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको  रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म नि:शुल्क पढ्न पाउने छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नगरपालिकाबिच भएको सम्झौतापछि चालु शैक्षिक सत्रबाट यो कार्यक्रम लागू भएको नगर प्रमुख धनपत यादवले बताए । यो पहलले निजी विद्यालयहरूलाई उनीहरूको सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरेको उनले उल्लेख गरे।

छात्रवृत्तिका लागि कूल ७५० जनाले आवेदन दिएका थिए । नगरपालिकाले तोकेको मापदण्डका आधारमा परीक्षा लिई गरिब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका र सहिद परिवारका बालबालिकाहरूलाई छनोट गरिएको थियो । एक कार्यक्रममा छनोट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ ।

नगर प्रमुख यादवले सामुदायिक विद्यालयलाई कमजोर बनाउने हल्ला निराधार भएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले यस कार्यक्रमले गरिब परिवारका बालबालिका पनि निजी विद्यालयमा पढ्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताए।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरको शैक्षिक सुधार अभियानमा निजी विद्यालयको तर्फबाट यो सहयोग गरिएको जानकारी दिए। यसैगरी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिए।

नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालका अनुसार छनोट प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित थियो, जसले गर्दा सही विद्यार्थीले अवसर पाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै कांग्रेसको संसदमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...

नेकपा सांसदको प्रश्न: अब संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ?

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...

सरकारी निकायलाई पनि जरिवाना गर्ने कानुन ल्याउन शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...

इङ्ल्यान्ड र क्रोएसिया नकआउट चरणमा

काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...

मेस्सीको ६ गोल प्रेरित अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...

रुखबाट लडेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending