Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

श्रमदान अभियानलाई निरन्तरता दिँदै माओवादी

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक तथा व्यक्तिगत स्वमित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो।

हालसम्म अधिकांस कृषिसँग सम्बन्धित काममा माओवादीले श्रमदान अभियान चलाउँदै आएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री ९पराग० का अनुसार अलैँची, कोदो, धान रोप्न लगायतका काममा श्रमदान गरिँदै आएको छ। हरेक महिना एक दिन श्रमदान गर्नेगरी योजना बनाएर श्रमदान गर्दै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिए।

माओवादीको जिल्ला, पालिका र वडा तहका कमिटी तथा सहायक सङ्गठनको रुपमा रहेको योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)लगायत भातृ तथा जनवर्गीय सङ्गठनको अगुवाइमा श्रमदान गर्ने गरिएको छ। फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तह र वडाहरुमा माओवादीले श्रमदान अभियान चलाउँदै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले बताए।

उनका अनुसार अहिलेको मौसमी काम अर्थात कृषिसँग सम्बन्धित कामहरु गरिँदै आएको छ। अभियानकै क्रममा माओवादी सम्वद्ध किसान महासङ्घ ९क्रान्तिकारी० को अगुवाइमा फुङ्लिङ नगरपालिका–४ मा श्रमदानमार्फत कोदो रोप्ने काम गरिएको छ। स्थानीय भक्त येङ्देनको बारी ९जमिन० मा कोदो रोपिएको हो। यस्तै फुङ्लिङ नगरपालिका–३ का देवीमाया पालुङ्वाको धान खेती लगाउने खेतमा श्रमदान गरिएको छ।

फुङ्लिङ नगरपालिका–९ की फूलमाया गुरुङको अलैँची खेतीको काममा श्रमदान गरिएको छ। किसान महासङ्घकै अगुवाइमा अलैँची खेतीअन्तर्गत एक हजार ५०० वटा अलैँचीको बिरुवा रोपिएको छ। त्यस्तै सिरिजङ्घा गाउँपालिकाको वडा ४ तेल्लोक, वडा ५ पेदाङ र वडा ६ मामाङ्खेमा वृक्षारोपण गर्न श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ। पेदाङमा दुई हजार ५०० वटा, तेल्लोक र मामाङ्खेमा समान ५००–५०० वटा बिरुवा रोपिएको छ।

यस्तै फुङ्लिङ नगरपालिका–२ मा ३०० वटा र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न वडामा दुई हजार वटा बिरुवा रोपिएको छ। सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीय गन्तव्य ढङढङ्गे झरना रहेको क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षारोपण र पदमार्ग सरसफाई गरिएको छ। व्यक्तिको स्वमित्व रहेको र विद्यालय परिसर, पदमार्गजस्ता सार्वजनिक स्थानहरुमा वृक्षारोपण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिए। 

संयोजक लिम्बूका अनुसार कागती, अमला, अम्बाक, तेजपत्ता, सिरिस र सल्ला प्रजातिका बिरुवाहरु रोपिएका छन्। हालसम्म रोपिएकामध्ये एक हजार ८०० बिरुवा पार्टीले खरिद गरेको र बाँकी डिभिजन वन कार्यालय ताप्लेजुङले उपलब्ध गराएको लिम्बूले जानकारी दिए। यता माओवादी केन्द्र ताप्लेजुङले सुरु गरेको श्रमदान अभियानलाई निरन्तरता दिइने केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिए। मासिक एक दिन श्रमदान अभियान चलाउने योजनालाई जिल्लाका नौवटै स्थानीय तहमा कार्यान्वयन हुने र क्रमश: अभियानको कार्यान्वयन सुरु भएको पनि उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...

रास्वपा महाधिवेशन: असी वटा विद्युतीय उपकरणबाट मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

नेपालगन्जका विद्यालय पुन: तीन दिन बन्द

नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending