Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

श्रमदान अभियानलाई निरन्तरता दिँदै माओवादी

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक तथा व्यक्तिगत स्वमित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो।

हालसम्म अधिकांस कृषिसँग सम्बन्धित काममा माओवादीले श्रमदान अभियान चलाउँदै आएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री ९पराग० का अनुसार अलैँची, कोदो, धान रोप्न लगायतका काममा श्रमदान गरिँदै आएको छ। हरेक महिना एक दिन श्रमदान गर्नेगरी योजना बनाएर श्रमदान गर्दै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिए।

माओवादीको जिल्ला, पालिका र वडा तहका कमिटी तथा सहायक सङ्गठनको रुपमा रहेको योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)लगायत भातृ तथा जनवर्गीय सङ्गठनको अगुवाइमा श्रमदान गर्ने गरिएको छ। फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तह र वडाहरुमा माओवादीले श्रमदान अभियान चलाउँदै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले बताए।

उनका अनुसार अहिलेको मौसमी काम अर्थात कृषिसँग सम्बन्धित कामहरु गरिँदै आएको छ। अभियानकै क्रममा माओवादी सम्वद्ध किसान महासङ्घ ९क्रान्तिकारी० को अगुवाइमा फुङ्लिङ नगरपालिका–४ मा श्रमदानमार्फत कोदो रोप्ने काम गरिएको छ। स्थानीय भक्त येङ्देनको बारी ९जमिन० मा कोदो रोपिएको हो। यस्तै फुङ्लिङ नगरपालिका–३ का देवीमाया पालुङ्वाको धान खेती लगाउने खेतमा श्रमदान गरिएको छ।

फुङ्लिङ नगरपालिका–९ की फूलमाया गुरुङको अलैँची खेतीको काममा श्रमदान गरिएको छ। किसान महासङ्घकै अगुवाइमा अलैँची खेतीअन्तर्गत एक हजार ५०० वटा अलैँचीको बिरुवा रोपिएको छ। त्यस्तै सिरिजङ्घा गाउँपालिकाको वडा ४ तेल्लोक, वडा ५ पेदाङ र वडा ६ मामाङ्खेमा वृक्षारोपण गर्न श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ। पेदाङमा दुई हजार ५०० वटा, तेल्लोक र मामाङ्खेमा समान ५००–५०० वटा बिरुवा रोपिएको छ।

यस्तै फुङ्लिङ नगरपालिका–२ मा ३०० वटा र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न वडामा दुई हजार वटा बिरुवा रोपिएको छ। सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीय गन्तव्य ढङढङ्गे झरना रहेको क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षारोपण र पदमार्ग सरसफाई गरिएको छ। व्यक्तिको स्वमित्व रहेको र विद्यालय परिसर, पदमार्गजस्ता सार्वजनिक स्थानहरुमा वृक्षारोपण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिए। 

संयोजक लिम्बूका अनुसार कागती, अमला, अम्बाक, तेजपत्ता, सिरिस र सल्ला प्रजातिका बिरुवाहरु रोपिएका छन्। हालसम्म रोपिएकामध्ये एक हजार ८०० बिरुवा पार्टीले खरिद गरेको र बाँकी डिभिजन वन कार्यालय ताप्लेजुङले उपलब्ध गराएको लिम्बूले जानकारी दिए। यता माओवादी केन्द्र ताप्लेजुङले सुरु गरेको श्रमदान अभियानलाई निरन्तरता दिइने केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिए। मासिक एक दिन श्रमदान अभियान चलाउने योजनालाई जिल्लाका नौवटै स्थानीय तहमा कार्यान्वयन हुने र क्रमश: अभियानको कार्यान्वयन सुरु भएको पनि उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending