Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पानीजन्य रोग नियन्त्रण गर्न पानीपुरी र चटपटे बिक्रीको अनुगमन गर्दै कामपा

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरिने भएको छ ।

बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो ।

त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको संक्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ ।

कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिए । वर्षायामभरि पानीपुरी तथा चटपटे बिक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिइने उनले बताए ।

हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न ‘प्लास्टिक र्‍याप स्टिकर’ र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले उल्लेख गरे । उनका अनुसार खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ । त्यस्तै खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्ने तयारी पनि कामपाले गरिरहेको उनले बताए ।

विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेंगी र हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम, ३२ वटै वडामा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका कामपाको स्वास्थ्य विभागले जनाएको छ ।

विद्यार्थीले सिकेका कुरा समुदायमा पुर्‍याउन सहज हुने भएकाले प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइएको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन भुसालले बताए । उनका अनुसार यसको लागि कामपाले ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ ।

कामपाले स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी लिन निःशुल्क हटलाइन नम्बर ११८० उपलब्ध गराउनुका साथै कुनैपनि समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ ।

सहरी व्यवस्थापन विभागसँगको समन्वयमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री हटाउन पहल गर्ने, पानी जम्ने सम्भावित ठाउँमा सरसफाइ गरी व्यवस्थापन गर्ने, कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग, नेपाल रेडक्रस सोसाइटीलगायत युवासँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको फोकलपर्सन भुसालले जानकारी दिए । 

उनका अनुसार महानगरले कामपाका प्रत्येक कार्यालय परिसरमा हरेक शुक्रबार बिहान ९ देखि १० बजेसम्म डेंगी बासस्थान खोज गरी लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending