Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

जापानकाे हिरोशिमा आणविक वम विस्फोटको ८० वर्ष पुरा

खबरडबली संवाददाता

जापान । हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ । 

सन् १९४५ अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले पश्चिमी जापानी शहरमा ‘लिटिल ब्वाय’ खसालेको क्षणको जापानको स्थानीय समयअनुसार बिहान ८:१५ बजे मौन प्रार्थना गरिएको थियो ।

बिहानीपख कालो पोसाक लगाएका सयौँ अधिकारी, विद्यार्थी र आक्रमणका समय बाँचेकाहरूले मृतकको सम्झनामा बनाइएका स्मारक (सेनोटाफ) मा फूलहरू चढ्याएर उनीहरूप्रति भावपूर्ण श्रद्धा व्यक्त गरेका छन् । श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै हिरोशिमाका मेयर काजुमी मात्सुईले मृतकको सम्झना गर्दै उनीहरू श्रद्धाञ्जलि अर्पण गरे । 

कार्यक्रममा उनले युक्रेनमा रुसको आक्रमण र मध्यपूर्वमा जारी अराजकताको पृष्ठभूमिमा ‘विश्वभरि नै सैन्य निर्माणतर्फ तीव्र प्रवृत्ति बढेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, “यी घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायले इतिहासको त्रासदीबाट सिक्नुपर्ने पाठलाई बेवास्ता गरेको देखिन्छ ।” उनले थपे, “उनीहरूले शान्ति स्थापनाका लागि गरिएको धेरै मेहनत ध्वस्त पार्ने चेतावनी दिएका छन् ।” हिरोशिमा आक्रमणमा मृत्यु हुनेको अन्तिम सङ्ख्या लगभग एक लाख ४० हजार थियो । उनीहरू विशाल विस्फोट र आगोको गोलाले मात्र होइन, आक्रमण र त्यसपछिको विकिरण, प्रदूषण र सङ्क्रमणका कारण पनि प्रभावित भएका थिए ।

‘लिटिल ब्वाय’ को तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा अर्को आणविक बम विस्फोट हुँदा ७४ हजार मानिसको मृत्यु भएको थियो । आक्रमणपछि तत्कालीन विश्व शक्ति जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको पनि अन्त्य भएको थियो । आज हिरोशिमा १२ लाख जनसङ्ख्या रहेको एक समृद्ध महानगर बनेको छ तर आक्रमणहरू धेरैको सम्झनामा जीवितै छन् ।

समारोहको सुरूवातमा ‘सेनोटाफ’को अगाडि पीडितहरूलाई श्रद्धाञ्जलि दिन लामबद्ध ठूलो भीडले मृतकको सम्झनामा प्रार्थनासँगै भएको थियो । बुधबार बिहान सबेरै भएको सभामा आक्रमणमा परी आफ्ना प्रियजन गुमाएका परिवार पनि प्रार्थना गर्न आएका थिए । आफ्नो नातिसँग ह्वीलचेयरमा आएकी ९६ वर्षीया योशी योकोयामाले आक्रमणको कहानी सुनाउँदै यसमा आफूले आफ्ना आमाबुबा र हजुरबा हजुरआमालाई विस्फोटसँगै गुमाएको बताए । 

अझै पनि जीवित रहेकी योकोमायाले भनिन्, “मेरा हजुरबुवाको मृत्यु बम विस्फोटलगत्तै भएको थियो भने मेरा बुबा र आमा दुवैको विस्फोटबाट फैलिएको विकिरणका कारण क्यान्सर भई मृत्यु भएको थियो ।” उनले प्रसङ्गलाई जोड्दै भनिन्, “मेरा सासू-ससुराको विस्फोटका कारण मृत्यु भएको थियो । त्यसैले शान्तिपछि युद्धभूमिबाट फर्किदा मेरा पतिले उनीहरूलाई नदेखेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending