काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
शनिबार क्लब परिसरबाहिर पत्रकार सम्मेलन गर्दै धमलाले सम्झौताअनुसार समाज कल्याण परिषद्लाई तिर्नुपर्ने ३८ हजार ७ सय २१ रुपैयाँ भाडा बुझाएको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए।
उनले क्लब बन्द हुँदा आफूहरूको मात्र नभई पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका नागरिकले आफ्ना धारणा राख्ने सार्वजनिक थलो प्रभावित भएको बताए।
धमलाले रिपोर्टर्स क्लब नेपालले लामो समयदेखि राजनीतिक दल, सरकार, नागरिक समाज र सर्वसाधारणबीच संवादको वातावरण बनाउँदै आएको दाबी गरे। लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म क्लबले सार्वजनिक बहस र नागरिकका आवाजलाई स्थान दिएको उनको भनाइ थियो।
‘राजाको शासनकालमा समेत रिपोर्टर्स क्लब बन्द भएन। अहिले लोकतन्त्र र गणतन्त्र आएको अवस्थामा जनताको आवाज बोल्ने संस्था नै बन्द हुनुपर्ने अवस्था आउनु दुःखद् हो,’ उनले भने।
धमलाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको बताए। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा पनि आफूले शाहलाई समर्थन गरेको र अहिले प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अघि बढाइरहेको अभियानमा पनि आफ्नो समर्थन रहेको उनको भनाइ थियो।
‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ।’
उनले सरकारको आलोचना गर्नुभन्दा पनि क्लब सञ्चालनका लागि आवश्यक वातावरण बनाइदिन आग्रह गरेको बताए।
धमलाका अनुसार विभिन्न राजनीतिक आन्दोलन, सरकारका निर्णय तथा समसामयिक विषयमा सम्बन्धित पक्षलाई प्रत्यक्ष बहसमा ल्याउने काम क्लबले गर्दै आएको छ। पछिल्लो जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका अभियन्तालाई आफ्ना माग र धारणा सार्वजनिक गर्ने वातावरण बनाउन क्लबले भूमिका खेलेको उनले स्मरण गरे।
कोरोना महामारीका समयमा समेत क्लब दुई महिनासम्म बन्द भएको उल्लेख गर्दै धमलाले त्यतिबेला सरकारले भाडा तिर्न नपर्ने बताए पनि आफूहरूले सम्झौताअनुसार भाडा बुझाएको बताए।
‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो। सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो। तर हामीले भाडा तिर्यौँ,’ उनले भने।
तीन महिनादेखि क्लब बन्द रहँदा पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो धारणा राख्ने नियमित थलो प्रभावित भएको भन्दै धमलाले तत्काल ताला खोलेर क्लब सञ्चालन गर्ने वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।
उनले क्लब सञ्चालनका विषयमा देखिएको समस्या समाधान गरेर सार्वजनिक बहसको थलो पुनः सञ्चालनमा ल्याउन सरकार गम्भीर बन्नुपर्ने बताए।
तीन महिनादेखि बन्द रिपोर्टर्स क्लब : ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

प्रतिकृया लेख्नुहोस्: