Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

खबरडबली संवाददाता

 

कैलाली । तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी ‘लालदीप’को पद धरापमा परेको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गिरीले दल परिवर्तन गरेको भन्दै तत्कालीन माओवादी केन्द्र तथा हालको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा पत्राचार गरेको हो।

माओवादी केन्द्रका तत्कालीन प्रदेश अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम संयोजक हरिराम चौधरी ‘उत्सव’ले गिरीविरुद्ध दल त्यागसम्बन्धी कारबाहीका लागि आयोगमा जानकारी गराइसकेको बताए।

उनका अनुसार पार्टीले गिरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर उनले जवाफ नदिएपछि पार्टी आयोगसम्म पुगेको हो।

‘लालदीपजी जस्तो जिम्मेवार मान्छे, शहीद परिवारको मान्छे, सबै कुरा बुझेको मान्छेले दल त्याग गरिसकेपछि आफैँ पदबाट राजीनामा दिनुहुन्छ होला भन्ने हाम्रो सोचाइ थियो। तर त्यसो भएन,’ चौधरीले भने, ‘उहाँलाई पार्टीले २४ घण्टे स्पष्टीकरणको पत्रसमेत पठाएको थियो। उहाँले जवाफ दिनुभएन र बेवास्ता गर्नुभयो। त्यसपछि बाध्य भएर हामी कानुनी प्रक्रियामा अघि बढेका हौँ।’

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै दलबाट उम्मेदवार भई निर्वाचित संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहका सदस्यले पदावधि कायम रहेसम्म आफू निर्वाचित भएको दल त्याग गर्न पाउँदैनन्।

ऐनमा निर्वाचित सदस्यले सम्बन्धित दलबाट लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा अर्को दल गठनमा संलग्न भएमा दल त्याग गरेको मानिने व्यवस्था छ। यस्तो अवस्थामा निर्वाचित पद दल त्याग गरेको मितिदेखि रिक्त हुने व्यवस्था रहेको छ।

स्थानीय तहका जनप्रतिनिधिको हकमा दल त्यागसम्बन्धी विवरण निर्वाचन आयोगमा जानकारी गराउने प्रक्रिया राजनीतिक दलसम्बन्धी नियमावलीले तोकेको छ।

गिरीले माओवादी केन्द्र त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको प्रमाणित भएमा सोही कानुनी व्यवस्थाअनुसार उनको पद रिक्त हुन सक्नेछ। यस विषयमा अब निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाउनेछ।

अध्यक्षले दिएनन् कार्यभार

गिरीको पदमाथि कानुनी प्रश्न उठिरहेका बेला बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उनलाई कार्यभारसमेत दिएका छैनन्।

अध्यक्ष कुँवर कामको सिलसिलामा काठमाडौंमा छन्। आफू अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यभार दिनुपर्ने कानुनी व्यवस्था भए पनि उनले गिरीलाई जिम्मेवारी नदिई वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिथुन गौतमलाई कार्यभार दिएका छन्।

अध्यक्ष कुँवरले उपाध्यक्ष गिरीले दल परिवर्तन गरिसकेको र उनको पदसम्बन्धी विषय निर्वाचन आयोगमा पुगिसकेकाले कार्यभार नदिएको बताए।

‘उपाध्यक्षज्यूले दल परिवर्तन गर्नुभएको छ। निर्वाचित भएको दल परिवर्तन गर्दा निर्वाचित पद रिक्त हुने कानुनी व्यवस्था छ। त्यसलाई मात्र आधार मान्ने हो भने अहिले पालिकामा उपाध्यक्ष पद रिक्त अवस्थामा छ भन्दा पनि फरक नपर्ला,’ कुँवरले भने, ‘यद्यपि आयोगको काम र प्रक्रिया हेरौँ।’

गिरीलाई कार्यभार नदिनुको अर्को कारण उनको निर्वाचित दलले आयोगमा दल त्यागसम्बन्धी कारबाहीका लागि पत्राचार गरिसकेको र पछिल्लो समय गाउँ कार्यपालिकाको बैठकमा समेत उनको उपस्थिति हुन छाडेको कुँवरले बताए।

उनले आफू र गिरीबीच व्यक्तिगत विवाद नरहेको दाबी गरे। तर पदसम्बन्धी कानुनी प्रक्रिया अघि बढिसकेकाले उनलाई कार्यभार दिन नमिल्ने उनको भनाइ छ।

अब गिरीको उपाध्यक्ष पद रहने वा नरहने विषय निर्वाचन आयोगको निर्णयपछि टुंगो लाग्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

सहरका खुला ठाउँमा बढ्दो विकृति : पार्कदेखि खाली जग्गासम्म दुर्व्यसनीको कब्जामा

दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क

‘जहाज हल्लिँदैमा दुर्घटना हुँदैन, सरकारको उडान गन्तव्यमा पुर्‍याउँछौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्‍याएरै छाड्ने प्र...

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...

तीजमा गुञ्जिँदैछ ‘तीजको रहर आयो बरिलै’, दीपा नारायण झाको एकल सांगीतिक साँझ

काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...

२२ वर्षपछि गायनमा फर्किइन् संगीता भण्डारी, ‘रानीहार’मार्फत तीजमा नयाँ सुरुवात

काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending