तनहुँ । निरन्तर वर्षाका कारण निर्माणाधीन पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड र सहायक राजमार्गहरू प्रभावित भएका छन् ।
वर्षाले सडक निर्माण क्षेत्रमा पहिरोको जोखिम बढाएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, तनहुँले आग्रह गरेको छ । प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा पृथ्वीराजमार्गको चार लेन सडक सञ्चालनमा आएपछि सवारी दुर्घटना उल्लेख्य रूपमा बढेको र निश्चित स्थानहरूमा यस्ता घटना बारम्बार भएको उल्लेख छ ।
यस्ता समस्याको अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने विज्ञप्तिमा भनिएको छ । प्रशासनले पृथ्वीराजमार्ग, डुम्रे–बेसीसहर सडक खण्ड र ग्रामीण सडकमा सवारी चलाउँदा उच्च सतर्कता अपनाउन र रातको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
यात्रा गर्नुपरे नजिकको ट्राफिक प्रहरी वा सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको छ । मनसुनी वर्षाको प्रभावले मध्यमदेखि भारी वर्षा भइरहेकाले आगामी दिनमा पनि सतर्क रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साउन २० गते बसेको जिल्ला समन्वय समितिको बैठकले पृथ्वीराजमार्गको तनहुँ खण्डमा दुर्घटना बढी हुने पाँच जोखिमयुक्त स्थान पहिचान गरेको छ ।
यी स्थानमा प्राविधिक अध्ययन गरी सुधारका उपाय अवलम्बन गर्न मुग्लिन–पोखरा सडक विस्तार आयोजनालाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । सडक अवरोध हटाउन समन्वयात्मक कार्ययोजना र रोष्टरसहितको योजना स्वीकृत भएको उनले जानकारी दिए ।
ऐनापहरा दुर्घटनाप्रति प्रशासनको चासो
पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा साउन १८ गते पार्किङमा राखिएको ग २ ख १०७७ नम्बरको बस आफैं पछाडि सरेर भएको दुर्घटनाप्रति तनहुँ प्रशासनले चासो देखाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि, डिभिजन सडक कार्यालय र प्रहरीले स्थलगत अवलोकन गरेका थिए ।
उक्त दुर्घटनामा बस मर्स्याङ्दी नदीको किनारमा खस्दा पाँच यात्रु घाइते भएका थिए ।
अवलोकनपछि प्रशासनले ऐनापहराको पार्किङ स्थल सडकभन्दा अग्लो भएकाले सवारी साधन पछाडि सर्ने जोखिम रहेको निष्कर्ष निकालेको छ । सम्भावित दुर्घटना रोक्न पार्किङ स्थललाई सडकभन्दा होचो बनाउन, ट्राफिक सङ्केत अद्यावधिक गर्न, सडक छेउको कन्फिडेन्स ब्लक मर्मत गर्न र पार्क छेउको जमिन सम्याउन सम्बन्धित पालिकालाई सुझाव दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: