तामिलनाडु । श्रीलङ्काली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ । माछा मार्न गएका माझीमध्ये चारजनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मङ्गलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो ।
तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ ।
सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलङ्काली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।
श्रीलङ्काली नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको जनाइएको छ ।
यसअघि जुलाई २९ मा रामेश्वरमका पाँच माझीलाई श्रीलङ्काली सेनाले माछा मार्दा अन्तर्राष्ट्रिय समुद्री सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।
मछुवा सङ्घका सचिव एनजे बोसका अनुसार श्रीलङ्काली नौसेनाले बारम्बार पक्राउ गर्ने डरका बाबजुद पनि मछ्वाहरू समुद्रमा गएको जनाएका छन् ।
उनीहरूले मन्नारको खाडीमा धनुषकोडी र थलाइमन्नारको बिचको पानीमा माछा मारिरहेको अवस्थामा श्रीलङ्काली नौसेनाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएका छन् ।
सेनाले जस्टिन नाम गरेका स्थानीय माझीको यान्त्रिक डुङ्गा जफत गरी डुङ्गामा रहेका पाँच माझीहरूलाई हिरासतमा लिइएको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिहरू थाङ्गाचिमडमका जस्टिन, मोबिन, रामेश्वरमका साइमन पम्बनका डेनिसन र शेखर सबै रामेश्वरम क्षेत्रका बासिन्दा हुन् । बोसले उनीहरूलाई सोधपुछका लागि मन्नार नौसेना शिविरमा लगिएको दावी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: