काठमाडौं । घानामा बुधबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा देशका रक्षा र वातावरण मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ । सरकारका अनुसार दुर्घटनामा दुई वरिष्ठ अधिकारी र चार चालक दलका सदस्यको पनि मृत्यु भएको छ ।
राजधानी एक्क्राबाट बिहान उडेको हेलिकप्टर सुनखानी क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा आदान्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । उडानकै क्रममा रडारबाट सम्पर्क टुटेको र पछि खोजी गर्दा जंगलमा हेलिकप्टरको भग्नावशेष फेला परेको सेनाले जनाएको छ ।
मृतकमध्ये रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह, वातावरण मन्त्री इब्राहिम मुर्तला मुहम्मद, सत्तारूढ नेसनल डेमोक्र्याटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, र वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद रहेका छन् ।
सेनाले चार चालक दलका सदस्यको पनि मृत्यु पुष्टि गरेको छ । सरकारले दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ को रूपमा घोषणा गर्दै गहिरो शोक व्यक्त गरेको छ। मन्त्री बोआमाहको निवास र पार्टी मुख्यालयमा शोक व्यक्त गर्न समर्थकहरूको भीड लागेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। सेनाले घटनाबारे विस्तृत छानबिन सुरु गरिसकेको जनाएको छ । यसअघि सन् २०१४ मा पनि घानाको समुद्री किनार नजिक सेवा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। सन् २०१२ मा कार्गो विमान एक्क्रामा धावनमार्गबाट चिप्लिएर यात्रु बसमा ठोक्किँदा १० जनाले ज्यान गुमाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: