सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण वर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
उनका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका ७०० जना जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पारेको उनले बताए।
सोहि ठाउँमा रहेको चुमनुब्री–७ खुन्यु खोलामा आएको बाढीले पुल बगाएपछि स्थानीयलाई वारपार गर्न समस्या भएको छ, पालिका अध्यक्ष लामाले भने, ‘पुल नै खोलाले बगाएपछि राजेन गुम्बा र बुद्ध आधारतभूत विद्यालयका विद्यार्थीहरु विद्यालय जान नपाएर समस्यामा परेका छन् ।’
निरन्तर वर्षासँगै ठाडो खोला भएर बग्ने खन्यु खोलामा स्थानीयको सहयोगमा एक महिलालाई जानै पर्ने बाध्यता भएका कारण लामो प्रयास पछि डोरीले बाँधेर खोला तारिएको चुमनुब्री गाउँपालिका – ७ का वडा अध्यक्ष टाँसी लामाले बताए ।
अहिले गाउँपालिकाको विपत् कोषबाट काम चलाउनको लागि तत्कालका लागि काठे पुल निर्माण गरी स्थानीय नागरिकहरुलाई सहज यात्रा गराउन गाउँपालिकाले वडा अध्यक्षसँग समन्वय गरी काठे पुल बनाउन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए।
चुमनुब्री गाउँपालिकामा दुई दिनदेखि परेको वर्षाले सबैभन्दा छेकम्पारलाई बढी असर गरेको छ । सो क्षेत्र बाढीको जोखियुक्त क्षेत्र भएकाले पनि गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखामार्फत ४ वर्ष अगाडि सर्बे भए तापनि अहिलेसम्म कुनै बजेट विनियोजन नभएको अध्यक्ष लामाले गुनासो गरे।
उत्तरी गोरखामा निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्रीवासीलाई सचेतना गराउने काम गरिरहेको छ । साथै गाउँपालिकाभित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले बिहीवार सूचना जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: