सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण वर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
उनका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका ७०० जना जनसङ्ख्यालाई प्रत्यक्ष प्रभाव पारेको उनले बताए।
सोहि ठाउँमा रहेको चुमनुब्री–७ खुन्यु खोलामा आएको बाढीले पुल बगाएपछि स्थानीयलाई वारपार गर्न समस्या भएको छ, पालिका अध्यक्ष लामाले भने, ‘पुल नै खोलाले बगाएपछि राजेन गुम्बा र बुद्ध आधारतभूत विद्यालयका विद्यार्थीहरु विद्यालय जान नपाएर समस्यामा परेका छन् ।’
निरन्तर वर्षासँगै ठाडो खोला भएर बग्ने खन्यु खोलामा स्थानीयको सहयोगमा एक महिलालाई जानै पर्ने बाध्यता भएका कारण लामो प्रयास पछि डोरीले बाँधेर खोला तारिएको चुमनुब्री गाउँपालिका – ७ का वडा अध्यक्ष टाँसी लामाले बताए ।
अहिले गाउँपालिकाको विपत् कोषबाट काम चलाउनको लागि तत्कालका लागि काठे पुल निर्माण गरी स्थानीय नागरिकहरुलाई सहज यात्रा गराउन गाउँपालिकाले वडा अध्यक्षसँग समन्वय गरी काठे पुल बनाउन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए।
चुमनुब्री गाउँपालिकामा दुई दिनदेखि परेको वर्षाले सबैभन्दा छेकम्पारलाई बढी असर गरेको छ । सो क्षेत्र बाढीको जोखियुक्त क्षेत्र भएकाले पनि गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखामार्फत ४ वर्ष अगाडि सर्बे भए तापनि अहिलेसम्म कुनै बजेट विनियोजन नभएको अध्यक्ष लामाले गुनासो गरे।
उत्तरी गोरखामा निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्रीवासीलाई सचेतना गराउने काम गरिरहेको छ । साथै गाउँपालिकाभित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले बिहीवार सूचना जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: