काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली विविधताको प्रोमोशन (बढावा) हुनेगरी काम गर्न आदिवासी समुदायलाई आग्रह गरेको छन् ।
३१ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले शनिबार यहाँ आयोजना गरेको ‘आदिवासी जनजाति कृत्रिम बौद्धिकता : अधिकारको रक्षा र भविष्यको निर्माण’ कार्यक्रममा उहाँले सो कुरा बताएको हो ।
मन्त्री गुरुङले भने, “संविधानले आदिवासीको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको परिकल्पना गरेको छ, आदिवासी आयोगसहितका सङ्घ संस्थाले त्यसमा पनि ध्यान दिनुपर्छ । सरकारलाई त्यसमा झकझक्याइ राख्नुपर्छ ।”
आदिवासीको परम्परागत ज्ञान र रैथाने संस्कृतिको संरक्षणको खाँचो छ, आदिवासी आयोगसहितका आदिवासी जनजाति सम्बद्ध संघ संस्थाले यसमा ध्यान दिनुपर्छ उले भने, “आदिवासीको अधिकार सम्बोधन गराउन आदिवासी सांसदहरूले पनि ध्यान दिनुपर्छ । सामाजिक, आर्थिक विकास र देश निर्माणमा आदिवासीको महत्त्वपूर्ण योगदान छ ।”
अहिले प्रविधिको विकास भएको र कृत्रिम बौद्धिकता ९एआई० ले धेरै कामहरू सहज बनाएको चर्चा गर्दै उनले एआईको प्रयोग ठिक ढङ्गले गर्न आवश्यक रहेको बताए। समतामूलक समाज निर्माणका लागि समानुपातिक समावेशी सिद्धान्तमा देशको विकास हुन आवश्यक रहेको उनले बताए।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले अहिलेको राजनीतिक, सामाजिक व्यवस्था परिवर्तनमा आदिवासीको योगदान महत्त्वपूर्ण रहेकाले राज्यको संरचनामा आदिवासीको समानुपातिक प्रतिनिधित्वको खाँचो रहेको बताए। मुलुकमा रहेको १२४ भाषामध्ये ९३ भाषा आदिवासीको रहेको बताउँदै उनले भाषा जोगाउन राज्यको लगानी आवश्यक रहेको बताए।
आदिवासी जनजाति आयोगले सिफारिस गरेको विषयलाई सरकारले १० प्रतिशत पनि सम्बोधन नगरेकाले उनले सरकारको ध्यानाकर्षण गराए। राजनीतिक परिवर्तनले मुलुकमा सङ्घीय व्यवस्था, समावेशीता र धर्मनिरपेक्षता उपलब्धीको रूपमा आएको बताए।
कार्यक्रममा आयोगका सदस्य रीना रानाले समेत धारणा राखे। एआई विज्ञ दोभान राई, नवराज गुरुङले एआई र आदिवासीको अधिकार र भविष्य निर्माणका विषयमा प्रस्तुति गरेको थिए । सो अवसरमा आदिवासी सङ्घ संस्थाका नेतृत्व तथा विभिन्न आयोगका अध्यक्षसहित सदस्यहरूको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: