लन्डन । लिभरपुलका मोहम्मद सालाहले युरोपको फुटबल प्रशासकीय निकाय युइएफएको ‘प्यालेस्टिनी पेले’ सुलेमान अल–ओबेदलाई श्रद्धाञ्जलि पोस्ट गरेकोमा आलोचना गरेका छन् । पोस्टमा गाजा पट्टीमा इजरायली गोली हानाहानमा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएको उल्लेख गरिएको छैन ।
प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा बुधबार ४१ वर्षीय ओबेद मारिनुभएको थियो ।”
युरोपको फुटबल प्रशासकीय निकाय युइएफएले एक्समा पोस्ट गरेको छ, “सुलेमान अल–ओबेद, ‘प्यालेस्टिनी पेले’ लाई बिदाइ । एक प्रतिभा जसले अन्धकारको समयमा पनि अनगिन्ती बच्चाहरूलाई आशा दिनुभयो ।”
इजिप्टका स्ट्राइकर सालाहले पोस्ट गरेर जवाफ दिए, “के तपाईँ हामीलाई बताउन सक्नुहुन्छ कि उहाँको मृत्यु कसरी, कहाँ र किन भयो ?” गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए । उनले प्यालेस्टिनी टिमका लागि २४ वटा अन्तर्राष्ट्रिय खेल खेले ।
सन् २०२३ अक्टोबरमा सालाहले ‘निर्दोष आत्माहरूको थप हत्या रोक्न’ गाजामा मानवीय सहायताको अनुमति दिन ‘विश्व नेताहरूलाई एकजुट हुन’ आह्वान गरेका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासको सन् २०२३ अक्टोबरमा इजरायलमाथिको आक्रमणबाट सुरु भएको गाजा युद्धको सुरुआतदेखि पिएफएका अनुसार खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन्, जसमा फुटबल समुदायका तीन सय २१ जना छन् ।
गत सिजन प्रिमियर लिगको शीर्ष स्कोरर रहेका सालाहले आइतबार लिभरपुलका लागि वेम्बलीको कम्युनिटी सिल्डमा इङ्गलिस फुटबल सिजनको परम्परागत पर्दा उठाउने क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...




प्रतिकृया लेख्नुहोस्: