Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सालाहद्वारा ‘प्यालेस्टिनी पेले’ को सम्मानका लागि युइएफएको आलोचनाः उनको मृत्यु कसरी भयो ?

खबरडबली संवाददाता

लन्डन । लिभरपुलका मोहम्मद सालाहले युरोपको फुटबल प्रशासकीय निकाय युइएफएको ‘प्यालेस्टिनी पेले’ सुलेमान अल–ओबेदलाई श्रद्धाञ्जलि पोस्ट गरेकोमा आलोचना गरेका छन् । पोस्टमा गाजा पट्टीमा इजरायली गोली हानाहानमा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएको उल्लेख गरिएको छैन ।

प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, “इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा बुधबार ४१ वर्षीय ओबेद मारिनुभएको थियो ।”

युरोपको फुटबल प्रशासकीय निकाय युइएफएले एक्समा पोस्ट गरेको छ, “सुलेमान अल–ओबेद, ‘प्यालेस्टिनी पेले’ लाई बिदाइ । एक प्रतिभा जसले अन्धकारको समयमा पनि अनगिन्ती बच्चाहरूलाई आशा दिनुभयो ।”

इजिप्टका स्ट्राइकर सालाहले पोस्ट गरेर जवाफ दिए, “के तपाईँ हामीलाई बताउन सक्नुहुन्छ कि उहाँको मृत्यु कसरी, कहाँ र किन भयो ?” गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए । उनले प्यालेस्टिनी टिमका लागि २४ वटा अन्तर्राष्ट्रिय खेल खेले ।

सन् २०२३ अक्टोबरमा सालाहले ‘निर्दोष आत्माहरूको थप हत्या रोक्न’ गाजामा मानवीय सहायताको अनुमति दिन ‘विश्व नेताहरूलाई एकजुट हुन’ आह्वान गरेका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासको सन् २०२३ अक्टोबरमा इजरायलमाथिको आक्रमणबाट सुरु भएको गाजा युद्धको सुरुआतदेखि पिएफएका अनुसार खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन्, जसमा फुटबल समुदायका तीन सय २१ जना छन् ।

गत सिजन प्रिमियर लिगको शीर्ष स्कोरर रहेका सालाहले आइतबार लिभरपुलका लागि वेम्बलीको कम्युनिटी सिल्डमा इङ्गलिस फुटबल सिजनको परम्परागत पर्दा उठाउने क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: