काठमाडौं । समाचारको विषयलाई लिएर प्रेस सेन्टर नेपालका दार्चुला जिल्ला अध्यक्ष, सक्रिय युवा पत्रकार हरिप्रसाद जोशीलाई आक्षेपसहित सार्वजनिक धम्की दिइएकोमा प्रेस सेन्टर नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
२६ साउन गते महासचिव मनोज घर्तीमगरले विज्ञप्ति जारी गर्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
समाचारको विषयलाई लिएर केहीं दिनअघि दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अगुवाइमा पालिकाका कर्मचारीहरुले सामूहिक वक्तव्यमार्फत नेपाल पत्रकार महासंघ, दार्चुलाका सहसचिवसमेत रहेका पत्रकार जोशीलाई धम्की दिएकाथिए । सार्वजनिक कार्यक्रममा वक्ताले बोलेको विषयलाई समाचार बनाएकोमा पत्रकारलाई धम्की दिने कार्यको घोर भत्र्सना योग्य रहेको भन्दै विज्ञप्तिमा– ‘समाचारको विषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाट खण्डन प्रकाशित गर्न सक्ने वा अन्य कानुनी बाटोमा जान सकिन्छ । संविधानको कार्यान्वयन र जनतालाई सहज सेवा दिनेहरुबाटै पत्रकारलाई सार्वजनिक धम्की दिइनु पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रतालाई गम्भीर चुनौती खडा गर्नु हो’ भनिएको छ ।
प्रेस सेन्टर नेपालले पत्रकार जोशीमाथि लगाइएको आक्षेप र सार्वजनिक धम्की फिर्ता लिन र आगामी दिनमा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता जनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: