काठमाडौं । समाचारको विषयलाई लिएर प्रेस सेन्टर नेपालका दार्चुला जिल्ला अध्यक्ष, सक्रिय युवा पत्रकार हरिप्रसाद जोशीलाई आक्षेपसहित सार्वजनिक धम्की दिइएकोमा प्रेस सेन्टर नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
२६ साउन गते महासचिव मनोज घर्तीमगरले विज्ञप्ति जारी गर्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
समाचारको विषयलाई लिएर केहीं दिनअघि दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अगुवाइमा पालिकाका कर्मचारीहरुले सामूहिक वक्तव्यमार्फत नेपाल पत्रकार महासंघ, दार्चुलाका सहसचिवसमेत रहेका पत्रकार जोशीलाई धम्की दिएकाथिए । सार्वजनिक कार्यक्रममा वक्ताले बोलेको विषयलाई समाचार बनाएकोमा पत्रकारलाई धम्की दिने कार्यको घोर भत्र्सना योग्य रहेको भन्दै विज्ञप्तिमा– ‘समाचारको विषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाट खण्डन प्रकाशित गर्न सक्ने वा अन्य कानुनी बाटोमा जान सकिन्छ । संविधानको कार्यान्वयन र जनतालाई सहज सेवा दिनेहरुबाटै पत्रकारलाई सार्वजनिक धम्की दिइनु पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रतालाई गम्भीर चुनौती खडा गर्नु हो’ भनिएको छ ।
प्रेस सेन्टर नेपालले पत्रकार जोशीमाथि लगाइएको आक्षेप र सार्वजनिक धम्की फिर्ता लिन र आगामी दिनमा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता जनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: