Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

ट्रम्प र पुटिनबीच शुक्रबार अलास्कामा शिखर वार्ता हुने

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्काको एन्करेजस्थित ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’ सैन्य अड्डामा युक्रेन युद्ध अन्त्यका लागि शिखर वार्ता हुँदैछ ।  

तर, युक्रेनलाई यो वार्तामा सहभागी गराइएको छैन । रूस र पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सहभागी गराउन अस्वीकार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । ह्वाइट हाउसले ट्रम्प त्रिपक्षीय वार्ताका लागि तयार रहेको बताए पनि पुटिनको अडानका कारण द्विपक्षीय वार्ता तय भएको हो । 

जेलेन्स्कीको अनुपस्थितिमा युद्धविराम सम्झौताबारे युक्रेन र युरोपमा आशंका बढेको छ । ट्रम्पले यसअघि नै दुवै पक्षले केही भूभाग गुमाउनुपर्ने र केही प्राप्त गर्ने सम्झौता हुन सक्ने बताएका छन्, जसमा युक्रेनले ठूलो भूभाग गुमाउनुपर्ने उनको भनाइ छ ।

ट्रम्पको रणनीति र पुटिनको अडान

ट्रम्पले सुरुमा पुटिनलाई तारिफ गर्दै युद्धविरामको प्रयास गरेका थिए । तर, पुटिन अडिग रहेपछि ट्रम्पले रूसमाथि भन्सार शुल्क वृद्धि र प्रतिबन्धको चेतावनी दिए । त्यसपछि पनि रूस ननिहुरेपछि ट्रम्पले आफ्ना मध्यपूर्व दूत स्टिभ विटकोफलाई मस्को पठाए । क्रेमलिनमा भएको तीन घन्टाको छलफलपछि यो शिखर वार्ता तय भएको हो ।

युरोप र युक्रेनको चिन्ता

युक्रेन र युरोपलाई ट्रम्पले रूसलाई फाइदा हुने सम्झौता गर्ने हो कि भन्ने डर छ । युरोपेली नेताहरूले ट्रम्पलाई दबाब दिन बुधबार भर्चुअल बैठक आयोजना गर्दैछन्, जसमा जर्मन चान्स्लर फ्रेडरिक मर्ज, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, पोल्याण्ड, फिनल्यान्डका शीर्ष नेताहरू, नेटो महासचिव मार्क रुट्टे र युक्रेनी राष्ट्रपति जेलेन्स्की सहभागी हुनेछन् । 

ट्रम्पका उपराष्ट्रपति जेडी भान्स पनि यो बैठकमा सहभागी हुनेछन् । युरोपेली नेताहरूले युक्रेनलाई बेवास्ता गरेर कुनै सम्झौता नगर्न र पूर्ण युद्धविरामबाट वार्ता सुरु गर्नुपर्ने अडान राखेका छन् । उनीहरूले रूसी नियन्त्रणमा नरहेको युक्रेनी भूभाग त्याग्न नसकिने र युरोपेली स्वीकृतिबिना कुनै सैन्य सम्झौता लागू नहुने बताएका छन् । जर्मन विश्लेषक आन्ना साउरब्राईका अनुसार, यदि रूसलाई फाइदा हुने सम्झौता भएमा पुटिनले पश्चिमी युरोप, विशेषगरी लिथुआनियाजस्ता नेटो सदस्य मुलुकहरूमाथि दबाब बढाउन सक्छन् ।

अलास्का कसरी बन्यो वार्तास्थल ?

साढे तीन वर्षदेखि चलिरहेको रूस–युक्रेन युद्ध अन्त्यका लागि यो वार्तालाई कोशेढुंगा मानिएको छ । गत साता ट्रम्पका दूत स्टिभ विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा छलफल गरेपछि यो बैठक तय भएको हो । पुटिनले सुरुमा दुबईलाई वार्तास्थल बनाउन चाहेका थिए, तर ह्वाइट हाउसले अस्वीकार गर्‍यो । ट्रम्पले हालैको मध्यपूर्व यात्रापछि दुबई फेरि जान नचाहेको र दूरी तथा सुरक्षा कारणले पनि यो उपयुक्त नभएको सिएनएनले जनाएको छ ।

युरोपका सहरहरू जेनेभा वा भियना पनि विकल्प थिए, तर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२३ मा पुटिनविरुद्ध युद्ध अपराधको पक्राउ पुर्जी जारी गरेकाले युरोपमा उनको यात्रा जोखिमपूर्ण थियो । त्यसपछि हंगेरी र अमेरिका विकल्पमा रहे । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान ट्रम्प र पुटिन दुवैसँग नजिक छन्, तर अमेरिकाले आफ्नै भूमिलाई प्राथमिकता दियो ।

अलास्का छनोट हुनुको प्रतीकात्मक कारण पनि छ । सन् १८६७ मा अमेरिकाले रूसबाट ७२ लाख डलरमा अलास्का खरिद गरेको थियो । गर्मीको पर्यटकीय सिजन र सुरक्षा व्यवस्थापनका कारण एन्करेजको ‘ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन’ उपयुक्त ठहरिएको हो ।

युक्रेनको अडान

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धरत मुलुकलाई बाइपास गरेर युद्धविराम सम्भव नहुने र युक्रेनको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डतामाथि आँच आउने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन् । युरोपेली नेताहरूले पनि युक्रेनको सुरक्षाका लागि अमेरिकी सैन्य र गुप्तचर सहयोग अपरिहार्य रहेको र युद्धविरामपछि रूसबाट सुरक्षा ग्यारेन्टी चाहिने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: