Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विद्या भण्डारीलाई रोक्ने ओलीको कदमले एमालेलाई 'ब्याक फायर'!

देशैभरि उठ्दैछ प्रश्न, कोशी प्रदेश कमिटीको बैठकमा विद्याको पक्ष लिनेहरुलाई बोल्नै दिइएन

खबरडबली संवाददाता

 

काठमाडौं । नेकपा एमालेको आन्तरिक राजनीति अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयसँगै थप जटिल बन्दै गएको छ। निर्णयको प्रत्यक्ष असर नेतादेखि कार्यकर्ता तहसम्म देखिन थालेको छ।

यसै सन्दर्भमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली मंगलबार विराटनगरको दौडानमा कार्यकर्ताबाट न केवल स्वागत, तर तीव्र प्रश्नहरूको घेरामा परे। मोरङ, जहाँ भण्डारीप्रति झुकाव राख्ने नेताहरूको बाक्लो उपस्थिति छ, त्यहाँको भेटघाट सहज भने रहेन।

विराटनगर महानगर कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरूले उपमहासचिव ज्ञवालीसँग सोधे, “भण्डारीको सदस्यता किन रोकियो? उमेरहद र कार्यकाल सीमा हटाउने निर्णय किन गरियो?” ज्ञवालीले सामान्यतया कार्यकर्तालाई सहजै चित्त बुझाउने शैली देखाउने भए पनि यसपटक उनले स्पष्ट उत्तर दिन नसकेको स्थानीय नेताहरूको भनाइ छ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका ज्ञवालीले भने, “यो निर्णयले पार्टीको तल्लो तहमा असन्तोष बढेको जानकारी छ, तर अब कार्यान्वयन नगरी विकल्प छैन।” यद्यपि उनले यो स्वीकारोक्ति सार्वजनिक रूपमा गर्न भने चुकिरहेका छन्।

प्रदेश बैठकमा चर्कियो बहस

धनकुटामा सम्पन्न एमाले कोशी प्रदेश कमिटीको बैठकमा पनि यही विषय मुख्य बहसको केन्द्र बन्यो। यद्यपि बैठकमा महासचिव शंकर पोखरेल र शेरधन राईजस्ता शीर्ष नेताहरूले ‘विद्याको विषयमा अब बहस नगर्न’ निर्देशन दिएका थिए।

तर, भोजपुर अध्यक्ष मकर खड्का, जो शेरधन राईका विश्वासपात्र मानिन्छन्, स्वयंले भने “सदस्यता विवादको असर तल्लो तहमा स्पष्ट देखिन थालेको” भन्दै केन्द्रले विवाद अन्त्य गर्नुपर्ने धारणा राखे।

प्रदेश कमिटी सदस्य तथा युवा संघका पूर्व उपाध्यक्ष रोशन बस्नेतले भण्डारीको समर्थनमा बोले। उनले पार्टी निर्णयले कार्यकर्तामा निराशा पैदा गरेको उल्लेख गर्दै भने, “पार्टी कार्यालयबाटै भ्रमित गर्ने प्रयास भएको छ, तर सच्चाइ के हो, त्यो तल्लो कमिटीमा किन ल्याइँदैन?”

उनले पूर्व राष्ट्रपतिको योगदान स्मरण गराउँदै भने, “४५ वर्षदेखि पार्टी सदस्य, ३० को दशकदेखि समर्पित नेतामाथि तेजोबध गर्न खोज्नु खेदजनक हो।”

विद्याका पक्षमा बोल्नेको हटाइयो

प्रदेश कमिटी सदस्य अञ्जु पाण्डे, डिबी कार्की लगायतले पनि सदस्यता निर्णयप्रति असहमति जनाए। पाण्डेले आरोप लगाइन् कि दोस्रो दिन विद्याका पक्षमा बोल्ने वक्ताहरूको नाम कार्यक्रम सूचीबाट हटाइयो।

बैठकमा झापा, पाँचथर र संखुवासभाका केही नेताहरूले भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन ठीक नभएको धारणा राखे। महासचिव पोखरेलले समेत आफ्नो सम्बोधनमा भण्डारीले विधान महाधिवेशनमा विवाद ल्याउने प्रयास गरेको आरोप लगाए।

स्रोतका अनुसार, साउन ४ गते अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भएको भेटमा ओलीले पार्टी कार्यालयमै भण्डारीका लागि कार्यकक्ष बनाइदिने आश्वासन दिएका थिए। तर, त्यसको तीन दिनपछि भण्डारीको सदस्यता रोकिने निर्णय लिइयो, जसले ओलीप्रतिको विश्वाससमेत चिर्न पुगेको भण्डारी पक्षको भनाइ छ।

‘देशैभरि उठ्दैछ प्रश्न’

भण्डारी पक्षधर नेताहरूको दाबी छ — मोरङ वा कोशी मात्रै होइन, देशैभर एमालेभित्र यसको असर फैलिएको छ। ओलीले सहमति मिचेको भन्दै उनीहरूमाझ गहिरो असन्तोष पलाएको छ।

विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवादले एमालेभित्र गम्भीर ध्रुवीकरण सिर्जना गरिरहेको छ। केन्द्रको निर्णयप्रति असहमति प्रदेश र जिल्ला तहमा स्पष्ट रूपमा देखिन थालेको छ। 

पार्टी नेतृत्वले भने यो विषयलाई टुङ्गिएको मान्न खोजे पनि आधारभूत तहबाट उठेका आवाजहरूले यो विवाद अझ चर्कने संकेत देखापरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending