Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

विद्या भण्डारीलाई रोक्ने ओलीको कदमले एमालेलाई 'ब्याक फायर'!

देशैभरि उठ्दैछ प्रश्न, कोशी प्रदेश कमिटीको बैठकमा विद्याको पक्ष लिनेहरुलाई बोल्नै दिइएन

खबरडबली संवाददाता

 

काठमाडौं । नेकपा एमालेको आन्तरिक राजनीति अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयसँगै थप जटिल बन्दै गएको छ। निर्णयको प्रत्यक्ष असर नेतादेखि कार्यकर्ता तहसम्म देखिन थालेको छ।

यसै सन्दर्भमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली मंगलबार विराटनगरको दौडानमा कार्यकर्ताबाट न केवल स्वागत, तर तीव्र प्रश्नहरूको घेरामा परे। मोरङ, जहाँ भण्डारीप्रति झुकाव राख्ने नेताहरूको बाक्लो उपस्थिति छ, त्यहाँको भेटघाट सहज भने रहेन।

विराटनगर महानगर कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरूले उपमहासचिव ज्ञवालीसँग सोधे, “भण्डारीको सदस्यता किन रोकियो? उमेरहद र कार्यकाल सीमा हटाउने निर्णय किन गरियो?” ज्ञवालीले सामान्यतया कार्यकर्तालाई सहजै चित्त बुझाउने शैली देखाउने भए पनि यसपटक उनले स्पष्ट उत्तर दिन नसकेको स्थानीय नेताहरूको भनाइ छ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका ज्ञवालीले भने, “यो निर्णयले पार्टीको तल्लो तहमा असन्तोष बढेको जानकारी छ, तर अब कार्यान्वयन नगरी विकल्प छैन।” यद्यपि उनले यो स्वीकारोक्ति सार्वजनिक रूपमा गर्न भने चुकिरहेका छन्।

प्रदेश बैठकमा चर्कियो बहस

धनकुटामा सम्पन्न एमाले कोशी प्रदेश कमिटीको बैठकमा पनि यही विषय मुख्य बहसको केन्द्र बन्यो। यद्यपि बैठकमा महासचिव शंकर पोखरेल र शेरधन राईजस्ता शीर्ष नेताहरूले ‘विद्याको विषयमा अब बहस नगर्न’ निर्देशन दिएका थिए।

तर, भोजपुर अध्यक्ष मकर खड्का, जो शेरधन राईका विश्वासपात्र मानिन्छन्, स्वयंले भने “सदस्यता विवादको असर तल्लो तहमा स्पष्ट देखिन थालेको” भन्दै केन्द्रले विवाद अन्त्य गर्नुपर्ने धारणा राखे।

प्रदेश कमिटी सदस्य तथा युवा संघका पूर्व उपाध्यक्ष रोशन बस्नेतले भण्डारीको समर्थनमा बोले। उनले पार्टी निर्णयले कार्यकर्तामा निराशा पैदा गरेको उल्लेख गर्दै भने, “पार्टी कार्यालयबाटै भ्रमित गर्ने प्रयास भएको छ, तर सच्चाइ के हो, त्यो तल्लो कमिटीमा किन ल्याइँदैन?”

उनले पूर्व राष्ट्रपतिको योगदान स्मरण गराउँदै भने, “४५ वर्षदेखि पार्टी सदस्य, ३० को दशकदेखि समर्पित नेतामाथि तेजोबध गर्न खोज्नु खेदजनक हो।”

विद्याका पक्षमा बोल्नेको हटाइयो

प्रदेश कमिटी सदस्य अञ्जु पाण्डे, डिबी कार्की लगायतले पनि सदस्यता निर्णयप्रति असहमति जनाए। पाण्डेले आरोप लगाइन् कि दोस्रो दिन विद्याका पक्षमा बोल्ने वक्ताहरूको नाम कार्यक्रम सूचीबाट हटाइयो।

बैठकमा झापा, पाँचथर र संखुवासभाका केही नेताहरूले भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन ठीक नभएको धारणा राखे। महासचिव पोखरेलले समेत आफ्नो सम्बोधनमा भण्डारीले विधान महाधिवेशनमा विवाद ल्याउने प्रयास गरेको आरोप लगाए।

स्रोतका अनुसार, साउन ४ गते अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भएको भेटमा ओलीले पार्टी कार्यालयमै भण्डारीका लागि कार्यकक्ष बनाइदिने आश्वासन दिएका थिए। तर, त्यसको तीन दिनपछि भण्डारीको सदस्यता रोकिने निर्णय लिइयो, जसले ओलीप्रतिको विश्वाससमेत चिर्न पुगेको भण्डारी पक्षको भनाइ छ।

‘देशैभरि उठ्दैछ प्रश्न’

भण्डारी पक्षधर नेताहरूको दाबी छ — मोरङ वा कोशी मात्रै होइन, देशैभर एमालेभित्र यसको असर फैलिएको छ। ओलीले सहमति मिचेको भन्दै उनीहरूमाझ गहिरो असन्तोष पलाएको छ।

विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवादले एमालेभित्र गम्भीर ध्रुवीकरण सिर्जना गरिरहेको छ। केन्द्रको निर्णयप्रति असहमति प्रदेश र जिल्ला तहमा स्पष्ट रूपमा देखिन थालेको छ। 

पार्टी नेतृत्वले भने यो विषयलाई टुङ्गिएको मान्न खोजे पनि आधारभूत तहबाट उठेका आवाजहरूले यो विवाद अझ चर्कने संकेत देखापरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

निर्वाचन आचारसंहिता आजबाट लागू- सरकारी नियुक्ति सरुवा र बढुवा आजदेखि बन्द

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज...

हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । म...

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending