Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

जापान र चीनले फरक मितिमा दोस्रो विश्वयुद्धको वार्षिकोत्सव मनाउँछन्

खबरडबली संवाददाता

बेन्क्सी । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले । जापानले अगस्ट १५ मा एक गम्भीर समारोहमा पीडितहरूलाई सम्झना गर्छ । 

उक्त दिन तत्कालीन सम्राट हिरोहितोले सरकारले आत्मसमर्पण गरेको रेडियो सन्देशमा घोषणा गरेको थिए । अर्कोतर्फ चीनले सेप्टेम्बर ३ मा टोकियो खाडीमा अमेरिकी युद्धपोतमा औपचारिक आत्मसमर्पण गरेको भोलिपल्ट परेडका साथ आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दछ ।

जापानले दोस्रो विश्वयुद्ध अघि र त्यस समयमा विनाशकारी र क्रूर आक्रमणमा चीनको धेरै भाग कब्जा गरेको थियो, जसमा केही अनुमान अनुसार दुई करोड मानिस मारिएका थिए । युद्धकालको अनुभवले आज पनि दुई देशबिचको सम्बन्धलाई समस्यामा राखेको छ । चिनियाँ सहर बेन्क्सीको एउटा सङ्ग्रहालयले जापान विरोधी प्रतिरोध लडाकूहरूको सङ्घर्षलाई उजागर गर्छ । 

तिनीहरूले उत्तरपूर्वी भू-भाग (तत्कालीन मन्चुरिया भनिने) मा कठोर जाडोमा काठको झुप्रोमा लुकेर बसे र त्यसपछि रूसमा गएर शरण लिएका थिए । सोभियत सङ्घले जापानविरुद्ध युद्धको घोषणा गरेपछि र सन् १९४५ अगस्ट ९ मा मन्चुरियामा आक्रमण सुरु गरेपछि मात्र तिनीहरू फर्किए । त्यही दिन अमेरिकाले नागासाकीमा आणविक बम खसाल्यो(जसले जापानलाई आत्मसमर्पण गर्न थप दबाब दियो ।

आजकल, चीनको सेना नै चिन्ताको कारण बनेको छ किनभने यसले प्रशान्त महासागरमा सरकारका क्षेत्रीय दाबीहरूलाई लागू गर्न खोजिरहेको छ । जब जापानले खतराको सामना गर्न आफ्नो रक्षा निर्माण गर्ने कुरा गर्छ, यसको सैन्यवादी विगतले चीनलाई सुविधाजनक जवाफ दिन्छ । “हामी जापानलाई आफ्नो ऐतिहासिक अपराधमा गहिरो चिन्तन गर्न, इतिहासबाट इमानदारीपूर्वक पाठ सिक्न र क्षेत्रीय तनाव र चीन सम्बन्धी मुद्दाहरूको हल्ला मच्चाएर आफ्नो सैन्य विस्तारको वास्तविक उद्देश्य लुकाउन बन्द गर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले गत महिना भन्नुभयो ।

(जापानको आत्मसमर्पण प्रसारण-

हिरोहितोको सन् १९४५ अगस्ट १५ मा पूर्व रेकर्ड गरिएको आत्मसमर्पण प्रसारण धेरै जापानीका लागि बुझिन नसक्ने थियो । उनले रहस्यमय भाषा प्रयोग गर्नुभयो र ध्वनिको गुणस्तर खराब थियो । इतिहासकारहरूका अनुसार सन्देश सम्राट आफैँबाट आएको थियो भन्ने महत्वपूर्ण कुरा थियो । हिरोहितोलाई जीवित देवता मानिन्थ्यो र युद्ध उहाँकै नाममा लडिएको थियो । धेरै जापानीले पहिले कहिल्यै उनको आवाज सुनेका थिएनन् ।

“यो भाषणले गलत युद्धको अन्त्य गर्न के आवश्यक थियो भन्ने कुराको सम्झना गराउँछ”, निहोन विश्वविद्यालयका प्राध्यापक ताकाहिसा फुरुकावाले सन् २०१५ मा एपीलाई भने। वर्तमान सम्राट, हिरोहितोका नाति नारुहितो र प्रधानमन्त्रीले अगस्ट १५ मा टोकियोमा हुने वार्षिक समारोहमा सार्वजनिक प्रसारण एनएचकेद्वारा प्रत्यक्ष प्रसारण गरी टिप्पणी गर्ने तयारी गरेको छन् ।

गत वर्षको कार्यक्रममा, नारुहितोले युद्धको समयमा जापानको कार्यहरूप्रति गहिरो खेद व्यक्त गर्नुभयो । तर सोही दिन, जापानी मन्त्रिपरिषद्का तीनजना मन्त्रीले टोकियोको यासुकुनी मन्दिरको भ्रमण गर्नुभयो । जसको चीन र दक्षिण कोरियाले आलोचना गरे । चीन र दक्षिण कोरियाले यस मन्दिरलाई सैन्यवादको प्रतीकका रूपमा हेर्छन् ।

(चीनले विजय दिवस मनाउँछ(

जापानले सन् १९४५ सेप्टेम्बर २ मा अमेरिकी युद्धपोत युएसएस मिसौरीमा भएको समारोहमा आत्मसमर्पण गर्यो । विदेशमन्त्रीले शीर्ष टोपी र पुच्छर लगाएर र सेनाका प्रमुखले हिरोहितोको तर्फबाट हस्ताक्षर गरे । अर्को तर्फका हस्ताक्षर कर्ताहरू अमेरिकी जनरल डगलस म्याकआर्थर र जापानसँग लडेका चीन र अन्य राष्ट्रहरूका प्रतिनिधिहरू थिए । चीनले अर्को दिन, सेप्टेम्बर ३ लाई विजय दिवसका रूपमा तोक्यो ।

एघार वर्षअघि कम्युनिष्ट पार्टीले चीनले वार्षिकोत्सव कसरी मनाउँछ भन्ने कुरालाई अगाडि बढाएको थियो । राष्ट्रपति सी जिनपिङ सहित चीनका सबै शीर्ष नेताहरूले सेप्टेम्बर ३ मा स्मारक कार्यक्रममा भाग लिनुभयो । युद्धकालीन इतिहासको परस्पर विरोधी व्याख्या र पूर्वी चीन सागरमा अझै पनि जारी क्षेत्रीय विवादलाई लिएर जापानसँग बढ्दो तनावको समयमा यो नयाँ ध्यान केन्द्रित गरिएको थियो ।

अर्को वर्ष चीनले युद्ध समाप्तिको ७० औँ वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्यो । एक दशकपछि, मिसाइल, ट्याङ्क र माथि लडाकू विमानहरूसहित अर्को भव्य परेडको तयारी भइरहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुने अपेक्षा गरिएकाहरूमध्थे एक छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE