Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

गत आवमा सरकारको खर्च १५ खर्ब नाघ्यो, व्यापारघाटा १५ खर्ब २७ अर्ब

खबरडबली संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ ।

विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो ।

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ ।

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा आव २०८१/८२ मा रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैरकर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending