पानामा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् । ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । उहाँले विश्व समुदायले अमेरिकासँग गर्दै आएका व्यापार अभ्यासहरू अव्यावहारिक रहेको दावी गर्दै आउनुभएको छ ।
विश्लेषकहरूले अमेरिकी आक्रामक नीतिले पानामा नहरमार्फत यातायातलाई कम गर्ने अपेक्षा गरिएको भएपनि अहिलेसम्म त्यसो नभएको बताएका छन् ।सबै विश्वव्यापी ढुवानीको पाँच प्रतिशत हिस्सा पानामा भएर जान्छ।
“यस आर्थिक वर्षको नतिजा राजस्व र ढुवानी भएको सामान हिसाबले हामीले प्रक्षेपण गरेअनुरूप हुनेछ,” नहर प्रशासक रिकार्टे भास्केजले एएफपीलाई बताए । पानामा नहर प्राधिकरणले सेप्टेम्बर ३० मा समाप्त हुने आर्थिक वर्षमा ५.६ अर्ब अमेरिकी डलरको रेकर्ड राजस्व अनुमान गरेको छे, जुन गत वर्षको तुलनामा १२.७ प्रतिशतले बढी हो।
उक्त अवधिमा १३ हजार ९०० जहाजले ५२ करोड टन कार्गो ढुवानी गर्ने अनुमान गरिएको छ । तर भास्केजले समय बित्दै जाँदा शुल्कका कारण कार्गोको मात्रा घट्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने ८० किलोमिटर (५० माइल) नहरले १७० देशका एक हजार ९०० भन्दा बढी बन्दरगाहहरूमा सेवा पुर्याउँछ भने यसले विशेष गरी चीन, जापान र दक्षिण कोरियालाई अमेरिकी पूर्वी तटमा बढी पहुँच प्रदान गर्दछ।
यसै साताको सुरुमा चीन र संयुक्त राज्य अमेरिकाले एकअर्काको आयातमा लगाउने भनी घोषणा गरेको उच्च कर वृद्धि थप ९० दिनका लागि स्थगित गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: