बाँके । बाँकेको नौबस्तामा कर्तव्य ज्यानको घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय तोकिएका एक फरार प्रतिवादी २१ वर्षपछि आइतबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६१ साल असार ३ गते राति १० बजे बाँकेको साबिक नौबस्ता गाविस-४ बस्ने गणेश वादीको हत्या गरेर फरार रहेको सोही ठाउँ वडा नम्बर ६ बस्ने आशाराम थारूलाई प्रहरीले २१ वर्षपछि आइतबार पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले वादीको हत्यामा संलग्न रहेका थारूलाई जिल्ला अदालत बाँकेले २०६८ साल वैशाख २१ गते हत्यामा दोषी रहेको ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको बताए ।
उनले सर्वस्वसहित जन्म कैदको सजाय सुनाइएका थारू फरार रहेकोले आइतबार उनलाई घट्नाको २१ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको जनाउँदै आइतबारनै अदालतमा बुझाइएको बताए । गत केही वर्षयता आएर जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधी पक्राउ गर्ने कुरामा ठुलो सफलता हात पार्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को एक वर्षमा मात्र प्रहरीले ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीहरूलाई अदालतले सजाय तोके पनि उनिहरू फरार नै रहेकोले प्रहरीले उनिहरूलाई खोजेर अदालतमा बुझाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: