Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जनता आवास कार्यक्रममार्फत बाँके र बर्दियामा तीन हजार घर निर्माण

खबरडबली संवाददाता

बाँके । बाँके र बर्दियामा जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म करिब तीन हजार घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।  

सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहका अनुसार प्रदेश सरकार स्थापना भई कार्यालय सञ्चालनमा आएपछि दुई जिल्लामा तीन हजार १०० घर निर्माणका लागि हस्तान्तरण भइआएकोमा करिब सात बर्षको अवधिमा तीन हजार घर निर्माण गरिसकिएको छ ।

कार्यालय प्रमुख साहले भने, “चालु आवभित्र दायित्वभित्रका सम्पूर्ण घर निर्माण सम्पन्न गरी सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्ने योजनाका लागि काम अघि बढाउन लागिरहेका छौं ।”

कार्यालयका अनुसार बाँकेमा एक हजार ८०० र बर्दियामा एक हजार ३०० घर निर्माणका लागि सङ्घीय सरकारबाट हस्तान्तरण भएको छ । जसमध्ये बाँकेमा ५६ र बर्दियामा ४८ गरी १०४ वटा घरमात्र निर्माण गर्न बाँकी रहेको छ । चालु आवभित्र सम्पूर्ण घर निर्माण गरी सम्बन्धित ब्यक्तिलाई घर हस्तान्तरण गर्ने तयारी कार्यालयको छ ।

बाँके र बर्दियामा लक्षित दलित तथा विपन्न समुदायका लागि घर निर्माण गरिएको हो । विपन्न घर निर्माण गर्ने परिवारको छनौंटका लागि सम्वद्ध प्रदेशको निर्वाचित प्रदेश सांसदको नेतृत्वमा समिति रहने ब्यवस्था छ ।

प्रदेश सरकारको २०७५ मङ्सिर १८ देखि यो कार्यक्रम सुरु गरेको थियो । यसअघि सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्दैआएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि कन्टिन्जेन्सीसहित तीन लाख ५० हजार रुपियाँ पाउँछन् ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending