काठमाडौं । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर घटाउन क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिएका छन् । आज हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा उनले क्षेत्रीय स्तरमा सहकार्य भएमा मात्र जलवायुका चुनौती सामना गर्न सकिने बताए ।
“पछिल्लो समय जलवायु तथा वातावरणको मुद्दामा राजनीतिक दलदेखि सांसदहरूको चासो बढ्दै गएको छ, प्राथमिकताका साथ यी मुद्दाहरूमा बहस सुरु हुनु राम्रो हो,” उनले भने, “पूर्वाधार विकास वातावरणमैत्री बनाएमा दिगो हुन्छ भन्ने आवाज हामी उठाइरहेका छौँ । जलवायुका नीति कार्यान्वयनका लागि सरकारलाई घच्घच्याइरहेका छौँ ।”
यसैगरी, प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र सविता गौतमले जलवायु नीतिलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिए । सांसद गौचनले जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेका आदिवासी समुदाय, स्थानीय सक्षमकर्ताहरू र युवाको आवाज नीतिगत दस्तावेजमा समेटिनु जरुरी रहेको बताए । उनले भने, “मुस्ताङ जस्तो हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण विस्थापन, जीविकोपार्जनको क्षति र जलवायु–शरणार्थी बन्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यदि हामीले युवाहरू र आदिवासी समुदायको अनुभवलाई जलवायु नीतिमा समावेश गर्न सकेनौँ भने अनुकूलनका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।”
अर्का सांसद सविता गौतमले हिन्दूकुश पर्वतीय क्षेत्रमा बस्ने सबै समुदायलाई सुदृढ र दिगो विकासको मार्गमा अघि बढाउन सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले भनिन्, “हाम्रो लक्ष्य भनेको जलवायु सङ्कट सामना गरिरहेका निर्दोष समुदायलाई यस्ता सङ्कटबाट बचाउन पहल गर्नु हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: