Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सदस्यले उठाएका सवालको जवाफ दिँदै उनले विधेयकमा दुई अर्थ लाग्ने शब्द र वाक्यको प्रयोग नगरिएको, त्यस्तो पाइएमा संशोधन गरिने प्रतिबद्धता जनाए । 

मन्त्री गुरुङले संसारभर साइबर अपराध चुनौतीका रूपमा देखापरेकाले यसलाई समाधान गरिनुपर्ने बताए । अनलाइन सञ्चारमाध्यम धेरै भएकाले त्यसलाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न पनि यस्ता विधेयकले नियमन गर्नुपर्ने धारणा राखे । 

मन्त्री गुरुङले नयाँ खालको विधेयक भएकाले कसरी यसलाई व्यवस्थित गर्ने भन्ने विषयमा निष्कर्षमा पुगेर अघि बढाउनुपर्ने बताए । राष्ट्रियसभा सदस्यहरूले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिए । सदस्य अञ्जान शाक्यले विभिन्न देशमा सामाजिक सञ्जाललाई नियमनका लागि गरिएका व्यवस्थाबारे जानकारी गराउँदै नेपालमा पनि बढ्दै गएका विकृति रोक्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरे । विधेयक नियन्त्रणमुखी नभइ नियमनमुखी हुनुपर्ने उनको जोड थियो ।

सदस्य घनश्याम रिजालले विधेयकका कतिपय प्रावधान नियमनमुखी नभइ नियन्त्रणमुखी भएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम स्वीकार्य नहुने बताए । सदस्य सुरेशकुमार आलेमगरले नियमन आवश्यक भए पनि नियन्त्रण गर्न खोजिनु स्वीकार्य नहुने बताए । 

सभाअध्यक्ष नारायण दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले विधेयक शाखामार्फत दर्ता गर्न सक्ने जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गत शुक्रबार १२:१५ बजे बस्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending