Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दैलेखमा बढ्दो चट्याङको समस्या, सडक अवरुद्ध, वन्यजन्तुको आक्रमणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद्वय सीताकुमारी राना र सूर्यकुमारी श्रेष्ठले दैलेखमा बारम्बार पर्ने चट्याङको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने माग राखिन । सांसद रानाले चट्याङसम्बन्धी पूर्वसूचना प्रणालीका लागि ‘सेन्सर’ यन्त्र जडान गर्नुपर्ने माग राखिन । सांसद श्रेष्ठले दैलेखमा किन बढी चट्याङ पर्छ भन्ने विषयमा भूगर्भविद् तथा विज्ञ टोलीलाई अध्ययन गर्न पठाउनुपर्ने बताउँदै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइन । 

सांसद श्यामकुमार घिमिरेले संसद्मा विचाराधीन वैकल्पिक विकास वित्त विधेयक पारित भएपछि उक्त कोषबाट मुख्य प्राथमिकता सिन्धुलीको खुर्काट–चियाबारी खण्डमा सुरुङमार्ग बनाउनुपर्ने माग राखे । उनका अनुसार सो मार्ग प्रयोग भएर दैनिक हजारौँ यात्रुलाई समय र दूरी दुवै बचत हुनेछ ।

सांसद सरस्वती बजिमयले खोटाङको जयरामघाट–हलेसी खण्ड अझै निर्माण हुन नसकेको भन्दै शीघ्र सम्पन्न गर्न माग गरिन । धार्मिक तथा पर्यटकीय महत्त्वको क्षेत्र भएकाले मध्यपहाडी लोकमार्गअन्तर्गत सडक स्तरोन्नतिको काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

सांसद सुरेन्द्रराज आचार्यले बुटवल–नारायणगढ सडकखण्ड, विशेषगरी दाउन्ने क्षेत्रमा यात्रुहरू घण्टौँ जाममा पर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै चाडपर्वमा बढ्ने चापलाई ध्यानमा राखी तत्काल सडक सुधारका लागि पहल गर्नुपर्ने बताए । सांसद शोभा ज्ञवालीले बर्दियामा चितुवा र बाघको आक्रमणबाट पाँच वर्षमा ७२ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै स्थानीयलाई संरक्षणको योगदानका बाबजुद पीडित बनाइएको बताइन । सांसद सञ्जयकुमार गौतमले सोही विषयमा सरकार गम्भीर हुनुपर्ने माग दोहोर्‍याए । 

सांसद सीता मिजारले दलित आयोगले सिफारिस गरेको दलित समुदायका थरहरूको सूची सरकारले अझै स्वीकृत नगरेकामा दुःख व्यक्त व्यक्त गरिन । थर सूचीकरण नभएकाले हजारौँ दलित नागरिकता, शिक्षा, सामाजिक सुरक्षा लगायत संवैधानिक अधिकारबाट वञ्चित भएका उनको भनाइ छ ।

सांसद शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, शेरबहादुर कुँवर र सुदन किराँती लगायतले उपसभामुख विरुद्धको हस्ताक्षर अभियानप्रति आपत्ति जनाउँदै त्यसलाई निरंकुश प्रवृत्ति, महिलामाथिको अपमान र सदनको मर्यादामा धक्का लगाउने कार्य भएको आरोप लगाए । उनिहरूले आवश्यक भए न्यायिक छानबिन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने धारणा राखे । 

सांसद सुशीला सिर्पाली ठकुरीले महिला समन्वय समिति गठनमा भएको ढिलाइबारे प्रश्न उठाइन । सांसद सुशीला श्रेष्ठले डिजिटल कारोबारलाई सहज बनाउन अनलाइन भुक्तानी शुल्क हटाउनुपर्ने माग राखिन । 

सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएको विषयमा आपत्ति जनाउँदै यसका कारण सेवा प्रवाह कमजोर हुने बताए । सांसद सूर्यप्रसाद ढकालले मुक्तकमैयालाई वितरण गरिएको जग्गाधनी लालपुर्जा अरु नागरिकसरह प्रयोग गर्न पाउनुपर्ने माग गरे । 

सांसद सूर्यबहादुर थापा क्षेत्रीले भालुवाङ-प्युठान सडकखण्डमा बारम्बार पहिरोका कारण समस्या हुने भएकाले तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरे । सांसद हसिना खानले बाँकेमा तटबन्ध नहुँदा किसानको जमिन कटान भइरहेको र उर्वर जमिन नष्ट भएको भन्दै तत्काल तटबन्ध निर्माण गर्न माग राखे । 

सांसद हृदयराम थानीले कर्णाली प्रदेशलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी विकासको मूलधारमा समेट्नुपर्ने माग गरे । सांसदहरू ज्ञानु बस्नेत सुवेदी, ज्ञानेन्द्रबहादुर कार्की, हेमराज राई, सूर्यमान तामाङ दोङ, हर्कमाया विश्वकर्मा, शान्ति चौधरी र सराज अहमद फारुकीले पनि विभिन्न समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending