Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

नौ अर्बको लगानीमा भोटेकोशी–५ ४६ मेगावाट क्षमताको बन्ने

खबरडबली संवाददाता

सिन्धुपाल्चाेक । भोटेकोशी नदीमा ४६ मेगावाट क्षमताको भोटेकोशी –५ जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ । कालीका इनर्जी लिमिटेडले करिब नौ अर्ब रुपियाँभन्दा बढीको लगानीमा आयोजना निर्माणको प्रस्ताव अघि सारेको हो ।

आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त आयोजनामध्ये भोटेकोशी १०२ मेगावाट जलविद्युत् आयोजनाको पावरहाउसबाट निस्किने पानी प्रयोग गरी निर्माण हुनेछ ।  आयोजनाका लागि ५.६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । ४ किलोमिटर लामो २२०/४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् बाह्रबिसे सबस्टेशनमा जोडिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीसँग मंगलबार आयोजना क्षेत्रमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइका क्रममा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै स्थानीयको सुझाव, गुनासो तथा सल्लाह लिइएको हो । कालीका इनर्जी लिमिटेडका अध्यक्ष मोहनविक्रम कार्कीले आयोजनाले स्थानीय जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । 

उनले आयोजनाका कारण उत्पन्न हुने सम्भावित समस्याहरूको समाधानका लागि आयोजना पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । ‘जनधारणा बुझ्ने, जनगुनासो सम्बोधन गर्ने, बजार तथा बस्ती संरक्षण, ऐतिहासिक स्थलको संरक्षणमा समेत आयोजना जिम्मेवार रहनेछ’ अध्यक्ष कार्कीले बताए । 

उनले स्थानीय स्रोत र जनशक्तिको भरपूर प्रयोग गर्दै स्थानीय प्रवद्र्धकको सेयर ५० प्रतिशत पुगाउने लक्ष्यसहित अगाडि बढ्ने जानकारी दिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतलगायतले आयोजनाले स्थानीयको उचित माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

अध्यक्ष कार्कीले प्रारम्भिक अध्ययनमा नदेखिएको तर आयोजना निर्माणको क्रममा देखा पर्ने प्रभावहरूको न्यूनीकरणमा पनि आयोजना सचेत रहेको बताए । यसअघि विभिन्न जलविद्युत आयोजना निर्माणको अनुभव बोकेको कालीका इनर्जी लिमिटेडले भोटेकोशी –५ आयोजना सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ऊर्जा प्रणालीमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending