Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् । 

३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए। उनले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गरे।

उनले भने, आदिवासी जनजातिहरू यस धर्तीका धर्तिपुत्रहरु हुन्, जसको जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको छ ।’

राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा ३६।८ प्रतिशत रहेको स्पष्ट पारे। उनले विस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि वढ्न आजको आवश्यकता भएको आफूलाई लागेको बताए। 

उनले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि आदिवासी अधिकारको पक्षमा अग्रपंक्तिमा उभिएको उल्लेख गर्दै नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तराष्ट्रिय महासन्धि ‘आई।एल।ओ। महासन्धि नं। १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताए ।

उनले भने, ‘आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र जैविक विविधता महासन्धिप्रति हाम्रो पूर्ण प्रतिबद्धता रहेको छ । यी अन्तराष्ट्रिय दस्तावेजहरूले आदिवासीको अधिकार र सांस्कृतिक स्वायत्ततालाई मान्यता दिएको छ ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नै आदिवासी जनजातिको हक, हितको संरक्षण र संवर्धनका लागि संविधानमा ‘आदिवासी जनजाति आयोग’ को व्यवस्था गरिएको बताउँदै भने, ‘यो संवैधानिक निकायले आदिवासीहरूको गौरवमय इतिहास, भाषा, र संस्कृतिको रक्षा गर्दै उनीहरूको सशक्तीकरणमा काम गरिरहेको छ र यसले अझै प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

उनले नेपालको दक्षिणी समथर भूभाग, तराई–मधेशको विकास र त्यहाँ रहेका आदिवासी समुदायको न्याय र अधिकारबिना समृद्ध नेपाल सम्भव नभएको उल्लेख गर्दै भन्नुभयो, ‘विगतमा भएका द्वन्द्व र असन्तुष्टिहरूलाई लोकतान्त्रिक संवाद र संवैधानिक प्रक्रियामार्फत हल गर्दै दिगो शान्ति र सामाजिक सबै समुदायबीचको आपसी सद्भाव र एकताले नै राष्ट्रिय अखण्डतालाई बलियो बनाउँछ । लोकतन्त्रमा मात्रै सबै जातजाति तथा पिछिडिएको समुदायको हक, अधिकार सुनिश्चित हुन्छ भन्ने हामीले कहिल्यै बिर्सन हुन्न।’

राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी उनीहरूको आर्थिक सशक्तीकरण गर्नु आजको आवश्यकता भएको बताउँदै ओपन एयर लिभिङ म्युजियम जस्ता अवधारणाहरू मार्फत् आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडी आर्थिक लाभ लिने नीति हामीले अवलम्बन गर्नुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैलेखमा १८ वर्षीय युवक मृत फेला

दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठा...

तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...

आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् ।...

चार दिनमै सुन १७ हजार ९ सयले महँगियो, फेरि पुग्यो ३ लाख पारि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...

ग्यासको लाइन घटाउन किराना पसलबाटै बिक्री, पोखरामा आज १० हजार सिलिन्डर आउँदै

पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...

कप्तानगञ्ज घटनामा संलग्न हुनसक्ने आशंकामा पाँच जना पक्राउ

कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने

मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा ...

ग्यास अभाव हुन नदिन प्रशासनले बढायो निगरानी

सिन्धुलीमाढी । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ । जिल्लामा विगत केही दिनदेखि खाना पकाउने ग्या...

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending