Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

खबरडबली संवाददाता

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई पूरा गर्न करिब ६० हजार जगेडा सैनिकलाई बोलाउने अनुमति दिएकाे छ । 

एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेअनुसार रक्षामन्त्री काट्जको यो कदम गाजामा झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा युद्ध विरामका लागि दबाब दिइरहेका मध्यस्थकर्ताको पछिल्लो प्रस्तावमा आधिकारिक इजरायली प्रतिक्रियाको प्रतीक्षा भइरहेका बेला आएको हो । मध्यस्थ कर्ता कतारले पछिल्लो प्रस्तावमा सावधानीपूर्वक आशावाद व्यक्त गरेको भए पनि एक वरिष्ठ इजरायली अधिकारीले सरकार कुनै पनि सम्झौतामा सबै बन्धकको रिहाइमा अडिग रहेको स्पष्ट पारेका छन् ।

हमासले स्वीकृत गरेको ढाँचामा प्रारम्भिक ६० दिनको युद्धविराम, चरणबद्ध बन्धकको रिहाइ, केही प्यालेस्टिनी कैदीको रिहाइ तथा गाजामा सहायताको प्रवेशका लागि अनुमति दिने प्रावधान समावेश गरिएको छ । इजरायल र हमासबिच युद्धभरि अप्रत्यक्ष वार्ता हुँदै आएको छ । वार्ताका क्रममा प्यालेस्टिनी कैदीको बदलामा इजरायली बन्धकको रिहाइ भएको थियो ।

पछिल्लो युद्धविराम प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि आएको हो । यसले पहिले नै विनाशकारी भइसकेको मानवीय सङ्कटलाई अझ गम्भीर बनाउने चिन्ता व्यक्त गरिएको छ । संयुक्त राज्य अमेरिकाको समर्थनमा कतार र इजिप्टले शटल कूटनीति (प्रत्यक्ष छलफल गर्न अनिच्छुक दुई वा दुईभन्दा बढी पक्षबिच यात्रा गर्ने मध्यस्थकर्ताद्वारा गरिने वार्ता) को बारम्बार चरण मध्यस्थता गर्दै आएका छन् ।

कतारले पछिल्लो प्रस्ताव इजरायलले सहमति जनाइसकेको अघिल्लो संस्करणसँग ‘लगभग समान’ रहेको बताएको छ भने इजिप्टले सोमबार ‘अब बल इजरायलको कोर्टमा छ’ भन्दै टिप्पणी गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन, तर गत हप्ता मात्र उनले आफ्नो देशले ‘सबै बन्धकलाई एकैचोटि र युद्धको अन्त्यका लागि आफ्ना सर्तअनुसार रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए । 

हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमार्फत आफ्नो समूहले ‘सम्झौतामा पुग्ने सम्भावनाका लागि ढोका फराकिलो खोलेको’ बताएका थिए । तर नेतान्याहुले विगतमा जस्तै यसलाई फेरि बन्द गर्ने सम्भावनाबारे प्रश्न उठाए । 

सेतो सुन

नेतान्याहुले देशभित्र र विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला यो प्रस्ताव आएको हो । गाजामा मङ्गलबार इजरायली आक्रमण र गोली हानाहानका कारण ४८ जनाको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको जाइटाउन र साब्रा क्षेत्रमा अवस्था ‘धेरै खतरनाक र असहनीय’ भएको बताए । त्यहाँ ‘गोलाबारी निरन्तर जारी’ रहेको पनि उनले उल्लेख गरे । 

इजरायली सेनाले भने केवल ‘हमासको सैन्य क्षमतामा आक्रमण भइरहेको’ र ‘नागरिक क्षति कम गर्न सम्भव सावधानी अपनाइएको’ भन्दै विशेष सेनाको गतिविधि बारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सेनाले पछि खान युनिसमा रातभर हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको जानकारी दिए । 

गाजामा मिडिया प्रतिबन्ध र प्यालेस्टिनी क्षेत्रमा पहुँच गर्न कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले दिएको तथ्य स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन । मङ्गलबार उत्तरी गाजाको जिकिम क्षेत्रमा एएफपीका एक पत्रकारले प्यालेस्टिनीलाई भग्नावशेष र क्षतिग्रस्त भवनबिचको धुलोले भरिएको सडकमा खाद्यान्न सहयोगका बोरा बोकेर हिँडिरहेको देखेका थिए ।

गजन सोग अल-बदरीले आफ्नो परिवारको पालमा ‘सेतो सुन’ भनिने पिठो पुर्याउन ‘तीनदेखि चार घण्टा’ लागेको बताए । उनले भने, “यो झोला सारा संसारको लायक छ ।” एएफपीको आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।

त्यसको जवाफमा इजरायली आक्रमणमा कम्तीमा ६२ जहार ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE