Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

गुमनाम गाउँले

काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको महत्वपूर्ण र धार्मिक पर्व हो— हरितालिका तीज । किंवदन्तीअनुसार भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले गरेको कठोर तपस्याको सम्झनामा यो पर्व सुरु भएको हो । त्यसैले विवाहित महिलाले पतिको दीर्घायु र स्वास्थ्यका लागि, अविवाहित महिलाले सुयोग्य जीवनसाथीको कामनाका लागि यो व्रत बस्ने परम्परा रहँदै आएको छ ।

तर, समयसँगै तीजको स्वरूप बदलिँदै गएको छ । माइतीको आँगनमा गीत गाउँदै मनाइने तीज आज पार्टी प्यालेस र होटलमा पुगिसकेको छ । व्रत र पूजा–आराधनाको स्थान भोजभतेर र नृत्य–संगीतले लिएको छ ।

यो वर्ष पनि हरितालिका तिज नजिकिँदै गर्दा बजारमा ‘दर अफर’ ले रौनक बढाएको छ । पसलदेखि सामाजिक सञ्जालसम्म—सर्बत्र तिजको रंग छाएको छ । तर यो रौनक सबैका लागि समान छैन । सानो आम्दानी भएका परिवारलाई भने दर पठाउने प्रतिस्पर्धाले दिनदिनै दबाब बढाइरहेको छ ।

दरले दबिँदै निम्न आय भएका परिवार

पहिले दर भन्नासाथ दाल, भात, मासु, घरमै बुनेको सारी वा चुरा सम्झिन्थ्यो। तर, अहिले दर महँगो गिफ्ट, ब्रान्डेड कपडा र कस्मेटिक सेटमा बदलिएको छ । 

शहरमा बस्ने दिदीबहिनीलाई दर पठाउनैपर्छ भन्ने दबाब भएकाले थोरै आम्दानी हुने आफु जस्ताले महँगो सारी, चकलेट सेट पठाउँदा घर खर्च नै जोर्न गाह्रो हुने सर्वसाधरणकाे बसझाइ छ  । आफु सानो छँदा फुपुहरुलाई तजिको एकदुईदनि अघ बोलाएर सुख दुःखका कुरा गर्दै दर खुवाउँदा छुट्टै रमाइलो हुने गरेको भएपनि अहिले तिज आउनु एकमहिना अघिदेखी दर खुवाउने चलनले न्युन आय भएकाहरुलाई मार परेको  ललितपुरकी इमुना महर्जनकाे भनाइ  छ ।

पछिल्लो समय पसलहरूले तिजलाई लक्षित गर्दै छुट योजना ल्याउँउने गरेका छन् । ‘तिज अफर’ नामका गिफ्ट प्याकेज, ब्रान्डेड सारी र गहनामा छुट, मेकअप र ब्युटी पार्लरको विशेष प्याकेज जस्ता येजानले बजारमा समेत प्रतिस्पर्धा देखीएकोले न्युन आया स्रोत हुनेहरु ले दर पठाउन नसक्दा समाजमा समेत हेलाहुनु पर्ने धनकुटाकी मुना काफ्लेको भनाइ छ ।

काठमाडौँका कपडा व्यापारी कृष्ण भट्टराईका अनुसार, तिज नजिकिँदै गर्दा बिक्री ३–४ गुणा बढे पनि वास्तविक उपभोक्ता मध्यम आय वर्गमा नै हुने गरेका छन् । प्रतिस्पर्धा गर्दै महँगो दर पठाउनुपर्ने बाध्यताले पनि उनीहरुको परिवारमा आर्थिक भर बढ्ने गरेको उनको बुझाइ छ ।

सामाजिक सञ्जालको प्रभाव

आजकल दर केवल पठाउने मात्र होइन, दिखाउने वस्तु पनि बनेको छ । फेसबुक र टिकटकमा दर खोलेर भिडियो बनाउने चलनले प्रतिस्पर्धा अझै चर्काएको छ । दिदीबहिनीलाई खुसी पार्ने नाममा भाइबहिनी नै ऋण खोज्नुपर्ने अवस्था भएको ललितपुरकै जीवन महर्जनको भनाइ छ । सामाजिक सञ्जालमा दर देखाउने चलनले धेरैलाई लाजको डरमा पार्ने गरेको उनले बताए ।

समाजिक सञ्जालकाे बढ्दाे प्रयाेग र त्यहाँ गरीने प्रदर्शनले देखावटी गर्दै गर्दा कतिपय सर्वसाधरणलाई तिजले रिणकाे भारी बाेकाउने गरेकाे उनकाे बुझाइ छ ।

संस्कृतिबाट भड्किलोपनतर्फ

आजभोलि तीजका नाममा महिनाभर दर खाने र खानेकुरा, गिफ्ट, गहना र फेशनको प्रदर्शन हुन्छ ।“श्रृंगारको नाममा विलासीपन, गीतको नाममा उच्छृङ्खलता, र नाचको नाममा अश्लीलता मिसिन थालेको छ । कतिपय तीज गीत त घरपरिवारमा बसेर सुन्नै गाह्रो हुने खालका बनेका छन् ।

यसबाहेक, संघसंस्था, क्लब, राजनीतिक दल र व्यावसायिक समूहसम्मले तीजको नाममा भोजभतेर गर्ने, कार्यक्रम गर्ने, प्रतिस्पर्धा झैं आयोजनामा होमिने प्रवृत्ति मौलाएको छ ।

संस्कृतिको संरक्षणको नाममा विकृति र समाजमा पर्ने असर

तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैलाई आपत्ति छैन । चाडपर्व हाम्रो अमूल्य धरोहर हो । तर त्यसलाई विकृत बनाउने अधिकार कसैलाई छैन । ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने आहानजस्तै, पर्वको मौलिकता गुमाएर भड्किलो प्रतिस्पर्धा गर्ने प्रवृत्ति कुनै हालतमा उचित हुँदैन ।

यी विकृतिहरूले संस्कार र संस्कृतिको मूल्य–मान्यतालाई कमजोर बनाइरहेका छन् । नयाँ पुस्तामाझ तीजको गलत सन्देश प्रवाह भइरहेको छ। यसरी धर्म र संस्कृतिको नाममा भएको विकृति दीर्घकालमा हाम्रो समाजलाई नै दूषित बनाउन सक्छ ।

विज्ञहरूको दृष्टिकोण

दर आदानप्रदान एक सामाजिक सन्देश भएपनि अहिले यो सामाजिक प्रतिस्पर्धा र देखावटीपन मा रूपान्तरित भएको समाजशास्त्रीहरु बताउछन् । विशेषगरी सानो आय भएका परिवार आर्थिक दबाबमा परेका उनीहरुको तर्क छ ।

उनीहरुक अनुसार संस्कृति परिवर्तन हुनु स्वाभाविक रहेपनि परम्परा जोगाउँदै रमाइलो गर्ने सन्तुलन आवश्यक रहेको छ । दरले परिवारलाई खुशी पार्ने भन्दा ऋणको फन्दामा पार्छ भने त्यो संस्कृति नभएर बोझ  भएको उनीहरुको तर्क छ ।

हाम्रो जिम्मेवारी

हामीसँग भएको सम्पत्ति भनेकै संस्कार, संस्कृति र परम्परा हो। अरु कुरा त मानिससँगै मेटिन्छन्। त्यसैले धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको यस्तो पर्वलाई सभ्य तरिकाले मनाउनु हाम्रो साझा कर्तव्य हो । हरितालिका तीजलाई रमाइलो, भेटघाट र सांस्कृतिक उत्सवको रूपमा मनाउँदै गर्दा यसको मौलिकता र पवित्रता जोगाउनु आवश्यक छ । तिज संस्कृतिको मूल सन्देश भनेकै— दिदीबहिनीलाई खुसी दिने, परिवारबीच ऐक्यबद्धता बढाउने हो तर दर भड्किलो बन्दै गएपछि त्यो सन्देश हराउँदै गएको छ ।

अब समाजसँग प्रश्न उब्जिएको छ, के हामी तीजलाई भक्ति, आस्था र संस्कृतिको पर्वका रूपमा जोगाउँछौं, वा भड्किलो प्रदर्शन र प्रतिस्पर्धाको मैदानमा परिणत गर्छौं ? के हामी दरलाई सामथ्र्यअनुसार सीमित राख्ने चेतना विकास गर्छौं, वा प्रतिस्पर्धा गर्दै सानो आय भएका परिवारलाई अझै दबाउँदै लैजान्छौं ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending