काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले भारत–चीनबीच भएको लिपुलेक व्यापारिक सम्झौता तथा त्यसमा नेपालको सार्वभौमसत्तामाथि परेको आघातप्रति तीव्र आपत्ति प्रकट गरेका छन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको ऐतिहासिक, कानुनी र भौगोलिक प्रमाण प्रशस्त रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “भारत र चीनले नेपालको सहमति बिना लिपुलेकलाई प्रयोग गर्ने गरी गरेको सम्झौता अस्वीकार्य छ। यसले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुर्याएको छ।”
सरकारको मौनतामाथि आपत्ति
चारै संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान एमाले–काँग्रेस गठबन्धन सरकार र परराष्ट्रमन्त्री आरजु राणा देउबामाथि मौन बसेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यो मौनतालाई ‘राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन’ को प्रमाणका रूपमा व्याख्या गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “कोशी, गण्डकी र महाकाली सन्धिको कालो इतिहास बोकेका दलहरूले पुनः विदेशी शक्तिको स्वार्थका लागि राष्ट्रिय भूमिमा सम्झौता गर्न तत्पर भएको छ। यसप्रकारको राष्ट्रघाती चरित्रको हामी तीव्र भर्त्सना गर्दछौं।”
खारेजको माग र जनतालाई आह्वान
जनसंगठनहरूले विवाद समाधानका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय समझदारी आवश्यक रहेको बताएका छन्। साथै, सम्झौता खारेज गर्न नेपाल सरकारले तत्काल निर्णायक कूटनीतिक पहल गर्नुपर्ने जोड दिएका छन्।
त्यसका साथै, अन्तर्राष्ट्रिय समुदाय, प्रगतिशील शक्ति, किसान, मजदुर, दलित, सुकुम्बासी लगायत सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट हुन आह्वान गरिएको छ।
विज्ञप्तिको अन्त्यमा जनसंगठनहरूले भनेका छन्, “लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै हुन्, नेपालकै रहनेछन्। राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा सबै नेपालीको साझा दायित्व हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: