काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले भारत–चीनबीच भएको लिपुलेक व्यापारिक सम्झौता तथा त्यसमा नेपालको सार्वभौमसत्तामाथि परेको आघातप्रति तीव्र आपत्ति प्रकट गरेका छन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको ऐतिहासिक, कानुनी र भौगोलिक प्रमाण प्रशस्त रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “भारत र चीनले नेपालको सहमति बिना लिपुलेकलाई प्रयोग गर्ने गरी गरेको सम्झौता अस्वीकार्य छ। यसले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुर्याएको छ।”
सरकारको मौनतामाथि आपत्ति
चारै संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान एमाले–काँग्रेस गठबन्धन सरकार र परराष्ट्रमन्त्री आरजु राणा देउबामाथि मौन बसेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले यो मौनतालाई ‘राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन’ को प्रमाणका रूपमा व्याख्या गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “कोशी, गण्डकी र महाकाली सन्धिको कालो इतिहास बोकेका दलहरूले पुनः विदेशी शक्तिको स्वार्थका लागि राष्ट्रिय भूमिमा सम्झौता गर्न तत्पर भएको छ। यसप्रकारको राष्ट्रघाती चरित्रको हामी तीव्र भर्त्सना गर्दछौं।”
खारेजको माग र जनतालाई आह्वान
जनसंगठनहरूले विवाद समाधानका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय समझदारी आवश्यक रहेको बताएका छन्। साथै, सम्झौता खारेज गर्न नेपाल सरकारले तत्काल निर्णायक कूटनीतिक पहल गर्नुपर्ने जोड दिएका छन्।
त्यसका साथै, अन्तर्राष्ट्रिय समुदाय, प्रगतिशील शक्ति, किसान, मजदुर, दलित, सुकुम्बासी लगायत सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट हुन आह्वान गरिएको छ।
विज्ञप्तिको अन्त्यमा जनसंगठनहरूले भनेका छन्, “लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै हुन्, नेपालकै रहनेछन्। राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा सबै नेपालीको साझा दायित्व हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र २५ गते, २०८२ - १४:२६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...
चैत्र २५ गते, २०८२ - १४:२२
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...
चैत्र २५ गते, २०८२ - १४:२०
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...


प्रतिकृया लेख्नुहोस्: