वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको नगवा र मुर्ली क्षेत्रका झाडापखाला लागेर अस्पताल भर्ना भएका १० जनामा हैजा (कोलेरा) को संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताललगायत स्वास्थ्य संस्थाहरू अहिले झाडापखालाका बिरामीहरूले भरिएका छन् । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अनुसार शनिबार बिहान १० बजेसम्म वडा नं. ११, १२, १३, १५ र १६ का विभिन्न टोल—विशेषगरी नगवा र मुर्ली टोल—का १० जनामा भिब्रियो कोलेरी जीवाणुबाट हुने हैजाको संक्रमण पुष्टि भएको हो ।
महाशाखाका अधिकृत राजु साहका अनुसार, मुर्ली टोलका झाडापखालाका कारण तराई अस्पतालमा भर्ना भएका ३० बिरामीमध्ये शुक्रबार साँझ ३ जनामा हैजा पुष्टि भएको थियो । संक्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् ।
त्यस्तै, नारायणी अस्पतालमा झाडापखाला लागेर भर्ना भएका १५ जनामध्ये ५ जनामा शनिबार बिहान हैजा पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना भएका मध्ये थप २ जनामा पनि संक्रमण भेटिएको सञ्चालक डा. अबुलहैस अन्सारीले बताए । उनका अनुसार पछिल्लो १० दिनमा मात्रै १ सयभन्दा बढी झाडापखालाका बिरामी अस्पतालमा उपचाररत छन् ।
वीरगञ्ज हेल्थकेयरमा झाडापखाला र बान्ताका कारण भर्ना भएका अन्दाजी २० वर्षीय युवक र नारायणी अस्पतालमा उपचाररत ३७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको थियो । अहिलेसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ । तर ती मृतक हैजाबाटै ग्रस्त थिए वा होइनन् भन्ने पुष्टि हुन बाँकी रहेको अधिकृत साहले बताए ।
पानी परीक्षणका लागि नमुना संकलन
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, नारायणी अस्पतालका डा. उदय नारायण सिंह र महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरको नेतृत्वमा टोली गठन गरी शंकास्पद क्षेत्रका घर–घरबाट खानेपानीका नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको महानगरका प्रेस सल्लाहकार नवराज फुईयालले जानकारी दिए ।
अस्पतालमा बिरामी चाप
नारायणी अस्पतालका अनुसार, झाडापखालाका कारण आकस्मिक कक्षमा बेड अभाव हुँदा एक बेडमा दुई बिरामी राखेर वा भुइँमै राखेर उपचार भइरहेको छ । शनिबार बिहानसम्म १ सयभन्दा बढी बिरामी अस्पताल पुगेका थिए ।
तराई अस्पतालमा पनि झाडापखालाका बिरामीको संख्या १५० नाघेको छ भने वीरगञ्ज हेल्थकेयरमा करिब १ सय बिरामी उपचाररत छन् । तीमध्ये ८–१० जना आईसीयूमा छन् ।
नियन्त्रणका पहल
संक्रमण पुष्टि भएपछि नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा शुक्रबार रातिदेखि नै मुर्ली टोल, नगवा र अन्य प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत नारायणी, तराई अस्पताल र नेशनल मेडिकल कलेजमा हैजा परीक्षण किट पठाइएको छ भने अन्य अस्पतालमा पनि वितरण गर्ने तयारी भइरहेको छ ।
शनिबार महानगरले शहरभित्रका अस्पताल सञ्चालकहरूसँग बैठक गरी संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरका १ देखि १६ नम्बर वडा बढी जोखिमयुक्त मानिएका छन् । घर–घरमै स्वास्थ्य टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र संक्रमितलाई उपचारमा ल्याउने काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: