Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

खबरडबली संवाददाता
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा राखेका छन्। उनले परिवर्तनको विकल्प पछाडि फर्किनु नभई अझ नयाँ, गतिशील र भविष्यमुखी राजनीतिक सोच हुनुपर्ने बताएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘आर्यघाटबाट सबै दिवंगत हजूरबा–हजूरआमाहरू बौरिएर नयाँ वंश चल्दैन!’ त्यसैगरी उनले पुरानै स्रोत र संरचनालाई जम्मा गरेर नयाँ परिणामको अपेक्षा गर्न नसकिने भन्दै लेखेका छन्, ‘हजारौं वेत बसिसकेका गौमाताहरू जम्मा गरेर नयाँ डेरी उद्योग चल्दैन!’ उनले राजनीतिक परिवर्तनको बहसलाई अझ स्पष्ट पार्दै भनेका छन्, ‘नयाँको विकल्प झन् नयाँ हो, पुरानो हैन! झन् पुरानो त झन् हुँदैहैन!’ भट्टराईको यो अभिव्यक्ति पछिल्लो समय नेपाली राजनीतिमा देखिएको पुराना शक्ति पुनःसक्रिय हुने प्रयास र नयाँ राजनीतिक विकल्पबीचको बहसप्रति लक्षित देखिन्छ। उनले विगतका राजनीतिक संरचना, नेतृत्व र अभ्यासलाई दोहोर्‍याएर भविष्य निर्माण गर्न नसकिने संकेत गरेका छन्। उनले नेपाली समाज र राजनीतिलाई अतीतमुखी नभई भविष्यमुखी बन्न आह्वानसमेत गरेका छन्। ‘अतीतमुखी हैन भविष्यमुखी बनौं! समृद्ध नेपाल अवश्य बन्छ!’ भन्दै उनले परिवर्तनको दिशालाई भविष्यतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। भट्टराईको अभिव्यक्तिले नेपाली राजनीतिमा पुस्तान्तरण, नयाँ राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वको बहसलाई थप बल दिएको छ। पुरानै राजनीतिक शक्तिको पुनरावृत्तिभन्दा नयाँ सोच, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्ने उनको सन्देश देखिन्छ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending