काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लिँदै कानुनी प्रक्रियाको सामना गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले कांग्रेसका निर्णय र गतिविधि विधानसम्मत रहेकाले अदालतको पछिल्लो आदेशबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताए।
उनले कांग्रेसको विशेष महाधिवेशन पार्टी विधानअनुसार नै सम्पन्न भएको र निर्वाचन आयोगले समेत त्यसलाई कानुनबमोजिम अध्यावधिक गरिसकेको स्मरण गरे।
‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ थापाले बैठकमा भने।
विशेष महाधिवेशनको निर्णयप्रति असन्तुष्ट केही व्यक्ति अदालत पुगेको उल्लेख गर्दै उनले सुरुमा अदालतबाट समेत विशेष महाधिवेशनकै पक्षमा निर्णय आएको बताए। अहिले असन्तुष्ट पक्षले पुनरवलोकन निवेदन दिएको र अदालतले त्यसको अनुमति दिएको उनको भनाइ छ।
थापाले सर्वोच्चको पछिल्लो निर्णयलाई न्यायिक प्रक्रियाकै एउटा हिस्साका रूपमा लिनुपर्ने बताए। उनले कांग्रेस कानुनी रूपमा आफ्नो पक्ष बलियो रहेको विश्वासका साथ अदालतमा उपस्थित हुने र आवश्यक प्रमाण पेस गर्ने बताए।
‘अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ,’ थापाले भने।
उनले पार्टीका लागि अदालतमा हुने कानुनी लडाइँभन्दा नेता तथा कार्यकर्ताबीचको आपसी विश्वास र एकता अझ महत्वपूर्ण रहेको बताए। पार्टीभित्रको एकता र कार्यकर्ताको भरोसालाई कांग्रेसको सबैभन्दा ठूलो शक्तिका रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘हामी कानुनी रूपमा त बलिया छौँ नै, तर त्योभन्दा बढी विश्वास हामीले आफ्ना साथीहरू ९कार्यकर्ता० माथि राख्नुपर्छ,’ थापाले भने, ‘पार्टीभित्रको एकता र भरोसा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...
श्रावण २४ गते, २०८३ - १५:१०
काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...
श्रावण २४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...



प्रतिकृया लेख्नुहोस्: